काठमाडौं। थप दुई नेपाली खेलाडीले भुटान महिला राष्ट्रिय लिग खेल्ने भएका छन्।
नेपालको उमेरसमूहबाट खेलिसकेका अञ्जली चन्द र सविना चौधरीले थिम्पु सिटी एफसीबाट लिग खेल्ने भएका हुन्।
पुलिसकी डिफेन्डरसमेत रहेकी नेपाली राष्ट्रिय टोलीकी डिफेन्डर पूजा राना र मिडफिल्डरद्वय बिर्सना चौधरी र सम्झना लावती यसअघि नै अनुबन्ध भइसकेका छन्।
यी तीन जना ट्रान्सपोर्ट युनाइटेड एफसीम अनुबन्ध छन्।