• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
अन्तिम विश्वकप खेल्ने ५ स्टार खेलाडी
खेलपाटी संवाददाता
बुधबार, जेठ १, २०७६ खेलपाटी संवाददाता
अन्तिम विश्वकप खेल्ने ५ स्टार खेलाडी

एजेन्सी । आईसीसी विश्वकप क्रिकेटको १२ औं संस्करण अब केहि हप्ता मात्र बाँकी रहेको छ । इंग्ल्याण्ड र वेल्समा आयोजना हुने विश्वकप आउन मात्र १५ दिन बाँकी रहेको छ ।

हरेक ४ वर्षको अन्तरालमा हुने विश्वकप खेल्ने सपना सबै खेलाडीको हुन्छ । तर, केहि खेलाडीले मात्र विश्वकप खेल्ने मौका पाउने गर्छन् ।

खेलाडी जीवन औषतमा १० देखि १२ वर्षको रहने हुँदा क्रिकेटको महाकुम्भ विश्वकप खेल्न पाउने खेलाडीलाई निकै यादगार तथा गर्वको बिषय हुन्छ । कतिपय खेलाडीले भने धेरै संस्करणको विश्वकप खेल्ने अवसर पाउछन् ।

हालसम्म भारतका महान खेलाडी सचिन तेन्दुलकर र पाकिस्तानका जाभेद मियादले सर्वाधिक ६ संस्करणको विश्वकप खेलेका छन् ।

यस संस्करण विश्वकप केहि खेलाडीको लागि भने अन्तिम विश्वकप हुनेछ । विश्वकपपछि ती खेलाडीले सम्भवत सन्यास घोषणा गर्नेछन् ।

इंग्ल्याण्ड र वेल्सको विश्वकप अन्तिम विश्वकप हुने ५ खेलाडी को को हुन् त ?

१. महेन्द्र सिंह धोनी

भारतका पुर्व कप्तान धोनी ३७ वर्ष पुगि सकेका छन् । १२ औं संस्करणको विश्वकपका लागि उनले टिममा स्थान बनाएपनि अर्को संस्करणमा उनी देखिने छैनन् ।

अर्को संस्करणको विश्वकप आयोजना हुँदा धोनी ४१ वर्षका हुनेछन् । हाल उनी अन्य खेलाडी भन्दा फिट छन् भन्ने कुरामा कुनै दुविधा छैन । तर, आगामी संस्करणमा उनलाई उमेर र स्वास्थले दिने छैन ।

सन् २०११ मा कप्तान धोनीले भारतलाई घरेलु मैदानमा भएको विश्वकप जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । 

यस विश्वकप धोनीको चौथो सहभागिता हुनेछ । उनले सन् २००७, २०११, २०१५ को संस्करणको विश्वकप खेलेका थिए ।

यसअघि धेरै समर्थकले गरेको धोनीको अन्तिम विश्वकप सन् २०१५ को हुने आँकलन विफल भएको थियो।

२. क्रिस गेल

युनिभर्सल बोसको उपनामले परिचित वेष्ट इण्डिजका गेलले विश्वकप पछि एकदिवसीय क्रिकेटबाट सन्यास लिने घोषणा गरिसकेका छन् ।

३९ वर्षे गेल एकदिवसीयमा १० हजार रन पुरा गर्ने विश्वका १४ औं र वेष्ट इण्डिजका दोस्रो खेलाडी हुन् । उनी वेष्ट इण्डिजका सर्वाधिक रन बनाउने खेलाडी पनि हुन् । वेष्ट इण्डिजबाट उनले सन् २००४ मा च्याम्पियन्स ट्रफी र सन् २०१६ को टी-ट्वान्टी विश्वकप जितिसकेका छन् ।

३. डेल स्टेन

गत संस्करणको विश्वकप दक्षिण अफ्रिकाको लागि निकै दुर्भाग्यपूर्ण रहेको थियो । सोही टिमका सदस्य रहेका फास्ट बलर डेल स्टेन लामो समयको अन्तरालपछि क्रिकेटमा फर्किएका छन् ।

चोटका कारण उनले निकै लामो समय मैदान छाड्नु परेको थियो । ३५ वर्षे उनीबाट अब समर्थकले कम्तिमा पनि १ देखि २ वर्षसम्मको खेल जीवन अपेक्षा गरेका छन् ।

४. रोस टेलर

३५ वर्षे न्युजिल्याण्डका खेलाडी टेलरले ३ संस्करणको विश्वकपमा सहभागिता जनाईसकेका छन् । उनलाई न्युजिल्याण्डका एक सफल खेलाडीको रुपमा हेरिने गरिएको छ ।

विश्वकप नजिकिदै गर्दा उनी उत्कृष्ट लयमा देखिएका छन् । तर, अर्को संस्करणमा उनी ३९ वर्षको हुने हुँदा अहिलेकै प्रदर्शनलाई कायम राख्ने कुनै अधार छैन । त्यस्तै सन् २०२३ को विश्वकपसम्म उनले खेल जीवन छाडि सक्नेछन् ।

५. डेभिड वार्नर

यस विश्वकप वार्नरको अन्तिम विश्वकप आँकलन गरिएको छ । हालै सकिएको आईपीएलमा निकै उत्कृष्ट प्रदर्शन गरेका उनले ओरेन्ज क्याप हात पारेका थिए । तर, अर्को संस्करणसम्म उनलाई उमेर र स्वास्थले दिने छैन । ब्याटिङ गर्न निकै भोको देखिने वार्नर सन् २०२३ को विश्वकपमा ३६ वर्ष पुग्नेछन् ।

अष्ट्रेलियाले हरेक वर्ष युवा खेलाडीको जमात तयार पार्ने हुँदा वार्नरले अर्को विश्वकपमा स्थान पाउने सम्भावना निकै कम रहेको छ ।

-एजेन्सीको सहयोगमा 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
उपाधि रक्षातिर नेपाल
उपाधि रक्षातिर नेपाल
मलेसियासँग नेपालले टस जित्यो
मलेसियासँग नेपालले टस जित्यो
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
सेमिफाइनलमा पीएसजी र रियल भिड्ने
सेमिफाइनलमा पीएसजी र रियल भिड्ने
कठिन जितसहित रियल सेमिफाइनलमा
कठिन जितसहित रियल सेमिफाइनलमा
नेपाल पराजित, उज्बेकिस्तान २२ वर्षपछि एसियन कपमा
नेपाल पराजित, उज्बेकिस्तान २२ वर्षपछि एसियन कपमा
नेपाल र उज्बेकिस्तानबीचको खेल पेनाल्टी सुटआउटमा
नेपाल र उज्बेकिस्तानबीचको खेल पेनाल्टी सुटआउटमा
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपाल
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपाल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP