एजेन्सी । इन्ग्लिश क्लब म्यानचेस्टर सिटीका विंगर रियाद महरेजले आफुलाई आफ्नो क्षमतामा कुनै शंका नरहेको बताएका छन् ।
सिटीलाई प्रिमियर लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका महरेजले आफु निकै आत्मविश्वासी रहेको र आफुलाई आफ्नो गुणस्तरमा कहिलै दुविधा नभएको बताए ।
'मलाई आफैमा धेरै विश्वास छ । र, मेरो गुणस्तरमा मलाई दुविधा छैन,' लिगको उपाधि जितेपछि महरेजले भने । महरेजले आफ्नो व्यक्तित्वको लागि पनि आफु आत्मविश्वासी रहने बताए ।
आइतबार भएको लिगको अन्तिम खेलमा पनि महरेजले गोल गरेका थिए । ब्राइटनविरुद्ध ४-१ को जित निकाल्ने क्रममा महरेजले थिए ।
यस्तै २८ वर्षीय महरेजले सिटीमा आफु निकै खुसी रहेको समेत बताए ।
म निकै खुसी छु यहाँ । म टिम बाहिर कहिले जान्न,' महरेजले थपे, 'मेरो गुणस्तरमा म निकै आत्मविश्वासी छु । र, अर्को सिजन पनि त्यो कायम रहनेछ ।'
लेष्टर सिटीबाट कीर्तिमानी मूल्य ६० मिलियनमा सिटी आएका अल्जेरियाका महरेजले यस सिजन १२ गोल गरेका थिए ।