धनगढी । धनगढीमा जारी मेयर कप फुटबलको उपाधिका लागि वडा नम्बर १२ र वडा नम्बर १४ भिड्ने भएका छन् ।
धनगढी उपमहानगरपालिकाको आयोजनामा जारी प्रतियोगिताको पहिलो सेमिफाईनलमा वडा नम्बर १४ ले वडा नम्बर ७ लाई २–१ ले हरायो ।
वडा नम्बर १४ का लागि हेम गोले र सुदिप चौधरीले गोल गरे । वडा नम्बर ७ का लागि रामसिंह रानाले एक गोल गरे ।
दोस्रो सेमिफाईनलमा वडा नम्बर १२ ले वडा नम्बर १९ लाई ३–० ले हरायो । वडा नम्बर १२ लाई जिताउनका लागि सन्दिप गुरुङले दुई गोल गरे भने खेम चयडाले एक गोल गरे ।
प्रतियोगिताको विजेताले एक लाख एक हजार र उप विजेतालाई ५१ हजार नगद पुरस्कार पाउने छन् ।