काठमाडौं । एएफसी यु–१६ च्याम्पियनसिपको छनोटमा नेपालले पहिलो खेल घरेलु टोली जोर्डनसंग खेल्ने भएको छ । एएफसीले आज (शुक्रबार) सार्वजनीक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेलमा घरेलु टोली जोर्डनलाई प्रतिद्वन्दीको रुपमा पाएको हो ।
पहिलो खेल भाद्र २८ गते हुनेछ ।
यस्तै समुह चरणको दोस्रो खेल नेपालले कुवेतसंग भाद्र ३० गते र तेस्रो खेल ताजकिस्तान अश्विन ३ गते खेल्ने तय भएको छ । लिग चरणको अन्तिम खेलमा नेपालले आश्विन ५ गते श्रीलंकासंग खेल्नेछ ।
नेपाल छनोट प्रतियोगिताको समुह एमा रहेको छ ।
पश्चिम क्षेत्रीय छनोट अन्तर्गत शीर्ष टोली सिधै प्रतियोगितामा छनोट हुनेछ ।
चार उत्कृष्ट उपविजेताले समेत फाईनलमा स्थान बनाउनेछन् ।

एएफसीका ४७ राष्ट्रले प्रतियोगितामा सन् २०२० को छनोटमा सहभागि हुने ईच्छा देखाएका थिए । प्रतियोगितालाई पश्चिम, दक्षिण र मध्य भागमा विभाजन गरिएको छ ।
जसमा २५ टिम सहभागि हुनेछन् । त्यस्तै पुर्व र एसियन क्षेत्रबाट २२ टिमले खेल्नेछन् ।
गत बर्ष जापनले ताजकिस्तानलाई पराजित गर्दै उपाधि उचालेको थियो ।