एजेन्सी । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीका स्टार नेयमारलाई तीन खेलको प्रतिबन्ध लागेको छ । कोपा डे फ्रान्सको फाईनल खेलपछि रेनेसका समर्थकमाथि हात हालेको भन्दै उनलाई तीन खेलको प्रतिबन्ध लागेको छ ।
लिग वान क्लब पीएसजीका युवा स्टार केलियन एम्बाप्पेले रातो कार्ड खाएको खेलमा पीएसजीले निर्धारित समयमा २–२ गोलको बराबरी खेलेको थियो । अन्तिम पेनाल्टी सुटआउटमा पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको थियो ।
हारपछि पीएसजी घरेलु फुटबलमा एकै सिजन दुई कप जित्न असफल भएको थियो ।
उपविजेतको मेडल लगाउन जाने क्रममा नेयमारले विपक्षी क्लबका समर्थकमाथि मुक्का प्रहार गरेका थिए ।
फ्रान्स फुटबल संघले विश्व फुटबलका महङ्गा खेलाडी नेयमारलाई घरेलु फुटबलमा तीन खेलको प्रतिबन्ध लगाईएको बताएको छ ।
लामो समय मैदान बाहिर रहेका नेयमार स्टार्सवर्गविरुद्वको खेल मार्फत लिगमा फर्किएका थिए ।
लगातार दोस्रो सिजन पीएसजीमा बिताउने क्रममा उनले च्याम्पियन्स लिगको अन्तिम १६ को लेग बेन्चमा बसेर हेरेका थिए ।
पहिलो लेगमा २–० को अग्रता लिएको पीएसजी दोस्रो लेगमा ३–१ ले पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको थियो । लगत्तै उनले अफिसियलको निर्णयलाई लिएर ईन्स्टाग्राममा विरोध जनाएका थिए ।
लगत्तै उनलाई तीन युरोपेली फुटबल महासंघले तीन खेलको प्रतिबन्ध लगाएको थियो । सो प्रतिबन्धले उनले च्याम्पियन्स लिगको अर्को सिजन हुने समुह चरणका तीन खेल गुमाउनेछन् ।