काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एन्फा एकेडमीका लागि युवा खेलाडीको अन्तिम चरणको छनोट सुरु गरेको छ ।
एन्फाले एन्फा कम्प्लेक्स सातदोबाटोमा एकेडमीका लागि यू-१३ र यू-१६ उमेर समूहका खेलाडी छनोट सुरु गरेको हो ।
अन्तिम चरणको छनोटमा देश भरबाट छानिएर आएका खेलाडीहरुको सहभागीता रहेको छ ।

एन्फाले छनोटबाट समान २५/२५ जना यू-१३ र यू-१६ खेलाडी छनोट गर्नेछ ।
छनोट भएका खेलाडीलाई एन्फाले बुटवल र धरानको एकेडमीमा राख्ने छन् । उनीहरुलाई एन्फाले फुटबलसंगै पढाई र अन्य सुविधा उपलब्ध गराउने छ ।
यस्तै यसै छनोटबाट आएका यू-१६ खेलाडीले एएफसी यू-१६ छनोटमा नेपालको प्रतिनिधित्व गर्ने एन्फाले जनाएको छ ।
तस्बिर : एन्फा


