• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
आईपीएल इमर्जिङ प्लेयर : सन्दीपले भारतीय दबदबा तोड्लान् ?
खेलपाटी संवाददाता
बिहीबार, वैशाख ५, २०७६ खेलपाटी संवाददाता
आईपीएल इमर्जिङ प्लेयर : सन्दीपले भारतीय दबदबा तोड्लान् ?

एजेन्सी । भारतमा आयोजना हुने इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको हरेक संस्करणमा पुरस्कृत गरिने विधामध्ये एक हो - इमर्जिङ प्लेयर अवार्ड । जुन अवार्ड उदाउँदो खेलाडीले प्राप्त गर्ने छन् ।

भारतमा अहिले १२ औं संस्करणको प्रतियोगिता जारी छ । र, पहिलो पटक इमर्जिङ प्लेयर अवार्डका लागि नेपाली खेलाडी मनोनित भएका छन् । नेपालका ग्लोबल आइकन तथा युवा लेग स्पिनर सन्दीप लामिछाने पहिलो पटक इमर्जिङ प्लेयर अवार्डका लागि मनोनित भएका छन् ।

गत बर्षको आईपीएल खेल्दै टी-ट्वान्टीमा डेब्यु गरेका सन्दीपले डेब्यु सिजन नै ३ खेलमा ५ विकेट हात पार्दै आफ्नो प्रतिभा प्रस्फुटन गरेका थिए । पहिलो सिजनको प्रदर्शनबाट प्रभावित भएर दिल्ली क्यापिटल्सले सन्दीपलाई यस सिजन रीटेन गरेको थियो ।

आईपीएलको डेब्यु सिजन नै चम्किएपछि सन्दीपले विश्वभरका फ्रेन्चचाइज लिगमा खेल्ने मौका पाए । सन्दीप हरेक लिगमा सफल पनि भए । टी-ट्वान्टीमा डेब्यु गरेको एक बर्ष नबित्दै सन्दीपले ५ भन्दा बढी राष्ट्रको फ्रेन्चचाइज लिग खेले ।

सन्दीपको उक्त लयलाई मध्यनजर गर्दै यो सिजन दिल्लीले सुरुवाती २ खेलपछि सन्दीपलाई मौका दिएको थियो । तर, यस सिजन सन्दीप निकै महँगा साबित भएका छन् । सन्दीपले ४ खेलमा ८.३७ को इकोनमीमा ५ विकेट हात पारेका छन् । त्यसपछि भने दिल्लीले पछिल्लो २ खेलमा सन्दीपलाई विश्राम दिएको छ ।

यस सिजन मध्यम प्रदर्शन गरिरहेपनि सन्दीप इमर्जिङ प्लेयरका लागि मनोनित भएका छन् । तर, सन्दीपलाई यस अवार्ड जित्न अन्य ४ खेलाडीलाई पछि पार्नु पर्ने हुन्छ ।

अवार्डका लागि सन्दीपसंगै भारतका मोहमद सिराज,राहुल चाहर, श्रेयस गोपाल र इंग्ल्यान्डका जोफ्रा आर्चर रहेका छन् ।

यस अवार्ड समर्थकको भोट र खेल कमेन्टेटरको भोटको आधारमा प्रदान गरिने छ । मतको आधारमा सन्दीप अघि रहेका छन् । सन्दीपले ७० प्रतिशत मत पाईसकेका छन् । सिराजले २५ प्रतिशत मत पाएका छन् ।

तर, यस अवार्डमा भारतीय खेलाडीको दबदबा रहदै आएको छ । त्यसैले यस पटक सन्दीपलाई भारतीय खेलाडी कै चुनौती हुनेछ ।

सन् २०१६ मा बंगलादेशका मुस्ताफिजुर रहमानले बाहेक अन्य विदेशी खेलडीले यो उपाधि हात पार्न सकेका छैनन् । यस पटक पनि ३ भारतीय खेलाडी रहेका छन् ।


यस अवार्डका लागि मनोनित हुने आधार के के ?

१. सन् १९९२ अप्रिल १ पछि जन्मिएका खेलाडी मात्र यस विधामा सहभागी हुने छन् ।
२. आईपीएलमा २५ खेल वा सो भन्दा कम खेल खेलेको हुनु पर्छ ।
३. आफ्नो देशको लागि ५ खेल भन्दा बढी खेलेको हुनु हुँदैन ।
४. अघिल्लो पटक यो उपाधि जितेको हुनु हुँदैन ।

हालसम्मका इमर्जिङ प्लेयर अवार्ड विजेताहरु
सन् २००८ - श्रीभास गोवास्व्सामी
सन् २००९ - रोहित शर्मा
सन् २०१० - सौरभ तिवारी
सन् २०११ - इकबाल अब्धुला
सन् २०१२ - मनदीप सिंह
सन् २०१३ - सन्जु स्याम्सन
सन् २०१४ - अक्षर पटेल
सन् २०१५ - श्रेयस आयर
सन् २०१६ - मुस्ताफिजुर रहमान
सन् २०१७ - बसिल थम्पी
सन् २०१८ - ऋषब पन्त

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
बहराइनमाथि नेपालको सानदार जित
बहराइनमाथि नेपालको सानदार जित
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपालको जितले भारत सेमिफाइनलमा
नेपालको जितले भारत सेमिफाइनलमा
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
एल क्लासिकोमा बार्सिलोनाको जित
एल क्लासिकोमा बार्सिलोनाको जित
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP