काठमाडौं । मलेसियामा जारी आईसीसी यू-१९ एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटमा नेपालले ओमानलाई फराकिलो अन्तरले पराजित गरेको छ ।
मंगलबार भएको चौंथो खेलमा नेपालले ओमानलाई १५० रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
जितसंगै नेपालले विश्वकपमा छनोट हुने सम्भावना जीवितै राखेको छ ।
नेपालको जितमा उच्च प्रदर्शन गरेका कप्तान रोहित पौडेल प्लेयर अफ दि म्याच चुनिए ।
नेपालको जित तस्बिरमा :
फोटो- रमण शिवाकोटी









































