• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
'म्यानमारमा सोचेजस्तो खेल्न सकेनौं'
गिता राई
शुक्रबार, चैत २९, २०७५ गिता राई
'म्यानमारमा सोचेजस्तो खेल्न सकेनौं'

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक हरि खड्काले ओलम्पिक छनोटको दोस्रो चरणमा सोचेको जस्तो प्रदर्शन गर्न नसकेको बताएका छन् ।

म्यानमारमा सम्पन्न छनोट खेल खेलेर स्वदेश फर्केपछि बोल्दै प्रशिक्षक खड्काले विविध कारणले छनोट उपलब्धि मुलक नभएको बताए ।

‘हामीले राम्रो रणनीति बनाएका थियौं तर म्यानमारमा यस पटक सोचे जस्तो उपलब्धि भएन,' स्वदेश फर्किएपछि प्रशिक्षक खड्काले भने । 

पहिलो पटक ओलम्पिक छनोटको दोस्रो चरणमा पुगेको नेपाल सुरुवाती दुई खेल गुमाएर प्रतियोगिताबाट बाहिरिएको थियो । पहिलो खेलमा नेपाल आयोजक म्यानमारसंग ३-१ ले पराजित भएको थियो । 

यस्तै दोस्रो खेलमा पनि नेपाल चिरपरिचित प्रतिद्वन्दी भारतसंग ३-१ ले नै पराजित भएको थियो । जसको कारण नेपालले साफ च्याम्पियनसिपको फाइनलमा व्यहोरेको हारको बदला लिन असफल भएको थियो ।

प्रशिक्षक खड्काले खेलाडीहरु आफ्नो रणनीतिमा चुकेको कारण म्यानमार र भारतसंग पराजित भएको बताए ।

‘हामीले पहिले गोल खाएपनि पुनरागमन गरेका थियौं । दोस्रो हाफमा मैले जुन हिसाबले खेलाडीहरुलाई बुझाएर पठाएको थिए त्यो हिसाबले खेलाडीले बुझ्न सकेन या बुझेनन्,’ प्रशिक्षक खड्काले भने, ‘मैले सुधार गर्नुपर्ने कुराहरु भारतसँगको खेलमा धेरै देखे ।  डिफेन्स, मिड र स्ट्राइकिङको ग्यापलाई सुधार गर्नुपर्ने छ । टिम सेटमा मैले धेरै काम गर्नुपर्ने छ ।’

नेपालले अन्तिम खेलमा भने इन्डोनेसियालाई २-१ गोल अन्तरले हराएको थियो । नेपालको जितमा दुवै गोल सावित्रा भण्डारीले गरेकी थिईन् ।

प्रशिक्षक खड्काले स्ट्राइकर सावित्राको प्रदर्शनमा आफुले निखार ल्याउन प्रयास गरेको बताए । प्रशिक्षक खड्काले भने, ‘मैले सावित्राको फिनिसिङ निखार्नु पर्नेछ ।’

यस्तै नेपाली महिला फुटबलको गोल मेसिन मानिने सावित्राले आफुहरुले प्रशिक्षकले दिएको निर्देशनलाई पुरा गर्न नसक्दा प्रतियोगितामा चुकेको बताईन् ।

‘हाम्रो स्ट्राइकर, मिडदेखि पाएको मौकालाई उपयोग गर्न सकेनौ र डिफेन्स लाइन पनि कमजोर देखियो,' सावित्राले भनिन्, 'प्रशिक्षकले दिएको निर्देशनलाई हामीले पूर्ण रुपमा पालना गर्न सकेनौ र चुक्यौ ।’

सावित्राले नेपालविरुद्ध म्यानमारलाई रेफ्रीले पेनाल्टी दिएको कारण प्रतियोगितामा खराब सुरुवात भएको बताईन् । उनले आफ्नो प्रदर्शन समेत खस्किएको बताईन् ।

‘मैले विशेष गरेर भारत र म्यानमारको लागि बढी फोकस गरेको थिए । अरु खेलमा पनि मेरो प्रर्दशन कमजोर बन्यो,' सावित्राले थपिन्, 'इन्डोनेसियासँगको खेलमा पहिलो हाफमा गोल गरेकाले दोस्रो हाफमा मेरो कन्फिडेन्स बढेको थियो ।त्यसकारण गोल गर्न सफल भए ।’

यस्तै सावित्राले नेपालको तयारीमा सधै कमी हुने गरेको बताईन् ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
देवीगञ्ज फाइनलमा
देवीगञ्ज फाइनलमा
चेल्सीको ऐतिहासिक कीर्तिमान
चेल्सीको ऐतिहासिक कीर्तिमान
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
किरण ल्यम्पिया स्कुलको  ब्रान्ड एम्बेसडर
किरण ल्यम्पिया स्कुलको ब्रान्ड एम्बेसडर
२०३१ को महिला विश्वकपमा ४८ राष्ट्र
२०३१ को महिला विश्वकपमा ४८ राष्ट्र
umbro nepal
  • ताजा समाचार
  • खेल आज
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
देवीगञ्ज फाइनलमा
देवीगञ्ज फाइनलमा
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
चेल्सीको ऐतिहासिक कीर्तिमान
चेल्सीको ऐतिहासिक कीर्तिमान
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP