• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
सफल खेलाडी, असफल कप्तान !
विश्वास थापा
बुधबार, चैत २०, २०७५ विश्वास थापा
सफल खेलाडी, असफल कप्तान !

काठमाडौं । रन मेसिनको उपनामबाट प्रसिद्ध भारतीय कप्तान विराट कोहली विश्वका उत्कृष्ट ब्याट्सम्यान भएकोमा बहस गर्न जरूरी छैन । तर, जब कप्तानीको कुरा उठ्छ सायद केहि क्रिकेट पण्डित मात्र होलान कोहलीलाई उत्कृष्ट कप्तान मान्ने ।

सन् २००८ मा भारतलाई दोस्रो पटक यू-१९ विश्वकप क्रिकेटको उपाधि दिलाएपछि कप्तान कोहलीले पछाडी हेर्नु परेको छैन । त्यसको केहि महिना पछि कोहलीले श्रीलंकाविरुद्धको एकदिवसीयबाट १९ बर्षकै उमेरमा डेब्यु गर्न सफल भए । भारतले सन् २०११ मा घरेलु मैदानमा एकदिवसीय विश्वकप क्रिकेटको उपाधि उचाल्दा कोहली टिमका एक हिस्सा बनिसकेका थिए ।

सन् २००८ मा पहिलो पटक इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) आयोजना हुँदा कोहली रोयल च्यालेन्जर्स बैंग्लोरबाट खेलेका थिए । कोहली अहिलेसम्म बैंगलोर मै रहेका छन् । सन् २०१३ बाट भने कोहलीले बैंग्लोरको कप्तानी सम्हाल्ने मौका पाएका छन् ।

आईपीएलमा बैंगलोर सधै उपाधि दाबेदार मानिन्छ । तर, विश्वका उत्कृष्ट खेलाडीको बाहुल्यता रहने बैंगलोरलाई उपाधिको खडेरी नै परेको छ । अन्य प्रतियोगितामा लयमा रहेका खेलाडी पनि बैंगलोरबाट खेल्दा निकै संघर्ष गर्छन् ।

बैंगलोरसंग सधै विश्वका शीर्ष ब्याट्सम्यानहरुले भरिभराउ हुन्छ तर उत्कृष्ट प्रदर्शन गर्नबाट भने चुक्दै आएको छ । 'युनिभर्सल बोस' मानिने क्रिस गेल, ३६० ब्याट्सम्यान एबि डि भिलियर्स, सेन वाट्सन, लोकेश राहुल, ब्रेण्डन म्याकलम, जस्ता ब्याटिङ हस्ती एकै पटक मैदानमा उत्रँदा समेत बैंगलोरले खराब प्रदर्शन गरेको तथ्याङ छ ।

Related image

बैंगलोर आईपीएल इतिहासमा सर्वाधिक रन बनाउन सफल टिम समेत हो । सन् २०१३ मा पुने वारियर्सविरुद्ध बैंगलोरले बनाएको २ सय ६३ रन आईपीएल इतिहासकै सर्वाधिक रन हो । यस्तै बैंगलोरसंग कम रनमा अलआउट भएको रेकर्ड पनि रहेको छ । सन् २०१७ मा कोलकत्ता नाइट राइडर्सविरुद्ध बैंगलोर ४९ रनमा सिमित भएको थियो ।

उत्कृष्ट खेलाडीको बाहुल्यता भएको कारण नै बैंगलोरको प्रदर्शनमा त्रुटि देखिएको हो त ?

गत सिजन बैंगलोरले छाडेको केहि खेलाडीले अन्य टिमबाट उत्कृष्ट खेलेका थिए । वाट्सन, गेल र राहुललाई बैंगलोरले गत सिजन रिलिज गरेको थियो । उक्त सिजन यी तिनै खेलाडीले अन्य टोलीबाट लोभ लाग्दो प्रदर्शन गरेका थिए । यसबाट बैंगलोरले पक्कै पनि पाठ सिकेको हुनु पर्छ ।

उत्कृष्ट खेलाडीको बाहुल्यता मात्र नभई खेलाडीको प्रदर्शनमा सहि नेतृत्व पनि आवश्यक पर्दछ ।

अंग्रेजीमा एक भनाई छ, 'भेडाले नेतृत्व गरेको सिंहलाई सधै सिंहले नेतृत्व गरेको भेडाहरुले पाखा लगाउँछन् ।''

यो भनाई ठ्याक्कै बैंगलोरसंग मेल खान जान्छ । किनकि जुन संस्करणको आईपीएलमा पनि बैंगलोरको टिम अन्य टिमको भन्दा बलियो नै देखिएको हुन्छ । तर, नतिजा भने अन्यको पोल्टामा पर्छ ।
आईपीएलको इतिहासमा बैंगलोर ३ पटक फाइनल पुगेको छ । उपाधि भने चुम्न सकेको छैन ।

आईपीएल अघि घरेलु मैदानमा भारतले अष्ट्रेलियाविरुद्धको टी-ट्वान्टी र एकदिवसीय सिरिज हारेको थियो । कोहलीको कप्तानीमा रहेको भारतले २ खेलको टी-ट्वान्टी र ५ खेलको एकदिवसीय सिरिज गुमाएको थियो । दुई सिरिज गुमाएपछि भारतका पूर्व कप्तान बिशन सिंह बेदीले भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली टिमको आधा कप्तान भएको बताएका थिए । पुर्व कप्तान महेन्द्र सिंह धोनीको अनुपस्थितिमा कोहलीले भारतीय टोली सम्हाल्न नसक्ने समेत क्रिकेट पण्डीतहरु बताउँदै आएका छन् ।

कप्तानीलाई छेउमा राखेर कुरा गर्ने हो भने, कोहली जस्ता ब्याट्सम्यान पाउनु कुनै पनि राष्ट्रको लागि शौभाग्यको कुरा हो । क्रिकेट भगवान मानिने सचिन तेन्दुलकरले बनाएका केहि असम्भव कीर्तिमानहरु तोड्न कोहलीले मात्र सक्ने आँकलन गरिएको छ । केहि रेकर्ड तोड्न कोहली केहि पछि मात्र रहेका छन् ।

कोहलीको कप्तानीमा जम्न नसकेका उत्कृष्ट खेलाडीहरु :-

क्रिस गेल
युनिभर्सल बोस उपनामले परिचित क्रिस गेल टी-ट्वान्टी क्रिकेटका बादशाह हुन् । उनले टी-ट्वान्टी क्रिकेटमा थुप्रै रेकर्ड बनाएका छन् ।

आईपीएलमा पनि उनको केहि रेकर्ड रहेको छ । उनी आईपीएलमा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी हुन् । आईपीएलमा गेलले ३०२ छक्का र ३३७ चौका प्रहार गरेका छन् । यस्तै गेल ६ शतक सहित आईपीएलमा सर्वाधिक शतक लगाउने खेलाडी हुन् । उनको नाममा एक इनिङमा सबै भन्दा धेरै रन बनाउने खेलाडीको रेकर्ड समेत रहेको छ । उनले सन् २०१३ मा पुने वारियर्सविरुद्ध ६६ बलमा अविजित १७५ रन बनाएका थिए ।

पछिल्लो २-३ सिजन खराब प्रदर्शन गरेका कारण गत सिजन बैंगलोरले गेललाई रिलिज गरेको थियो । त्यसपछि गेल किङ्गस इलाभेन पन्जाबमा आबद्द भएका थिए । गेलले पन्जाबबाट पहिलो सिजनमा १ शतक र ३ अर्धशतक प्रहार गरेका थिए । बैंगलोरबाट भने उनले पछिल्लो २ सिजनमा मात्र ३ अर्धशतक प्रहार गरेका थिए । यो सिजन पनि पन्जाबबाटै खेलिरहेका गेलले ३ खेलमा १ अर्धशतकको मद्दतले १ सय ३९ रन बनाईसकेका छन् ।

लोकेश राहुल
टी-ट्वान्टीका उत्कृष्ट खेलाडीको सूचीमा राहुल ५ औं स्थानमा रहेका छन् । उनलाई पनि खराब प्रदर्शनको आधारमा गेलसंगै बैंगलोरले रिलिज गरेको थियो । र, उनलाई पनि पन्जाबले किनेको थियो ।

पन्जाब गएसंगै राहुलले पनि आईपीएल करियर कै उत्कृष्ट प्रदर्शन गरे । पन्जाब सरेकै सिजन उनले ६ अर्धशतकको मद्दतले १४ खेलमा ६५९ रन जोडेका थिए । जबकि त्यसको अघिल्लो सिजन बैंगलोरमा हुँदा उनले १४ खेलमा ३९७ रन मात्र बनाएका थिए । बैंगलोरबाट उनले १४ खेलमा मात्र ४ अर्धशतक बनाएका छन् भने पन्जाबबाट १७ खेलमा ७ अर्धशतक बनाएका छन् ।

बैंगलोरबाट राहुलले २ सिजनमा १६२ रन बनाएका छन् भने पन्जाबबाट दुई सिजन नबित्दै ७३५ रन बनाइसकेका छन् । राहुल सबै खाले फर्म्याटमा शतक प्रहार गर्ने तेस्रो भारतीय खेलाडी समेत हुन् । उनि आईपीएल इतिहासमा सबै भन्दा कम बलमा अर्धशतक प्रहार गर्ने खेलाडी समेत हुन् । उनले पन्जाबबाट गत सिजन दिल्ली क्यापिटल्सविरुद्ध १४ बलमा ५० रन जोड्दै किर्तिमान बनाएका थिए ।

सेन वाट्सन

राजस्थान रोयल्सबाट बैंगलोर आएको सिजन प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भएका वाट्सन त्यसपछि भने बैंगलोरमा जम्न सकेनन् । गत सिजन गेल र राहुलसंगै वाट्सनलाई पनि बैंगलोरले रिलिज गरिएको थियो ।

गत सिजन चेन्नई सुपर किंग्स आएपछि वाट्सनले आक्रामक ब्याटिङ गर्दै क्लबलाई उपाधि नै दिलाएका थिए । बैंगलोरबाट वाट्सनले कुनै पनि शतक र अर्धशतक प्रहार गर्न सकेका थिएनन् । तर, सन् २०१८ को सिजनमा उनले २ शतक र २ अर्धशतक प्रहार गरे ।

...........

यस्ता प्रतिभा भएका खेलाडीहरु बैंगलोरमा रहदा किन खुलेर खेल्न सक्दैनन् त ? प्रश्न उठ्ने गरेको छ । तर यसको उत्तर भेटिएको छैन । सायद कोहलीकै कप्तानीमा त्रुटि छ कि ?

कोहली निकै आक्रामक ब्याट्सम्यान हुन् । उनी ब्याटिङमा मात्र नभएर फिल्डिङमा पनि निकै उत्तेजित हुने गर्छन् । तर, विश्लेषकहरु कप्तान सधै नम्र हुनु पर्ने बताउछन् ।

धोनी, सफल कप्तानको उदाहरण हुन् । धोनीले अन्तराष्ट्रिय खेलबाट कप्तानी छाडे पनि खेल्न छाडेका छैनन् । यी दुई खेलाडी अन्तराष्ट्रिय खेलसंगै मैदानमा उत्रँदा भारतको पक्षमा राम्रो नतिजा आउने गरेको छ । धोनी नहुँदा कोहलीले कप्तानी गरेको थोरै खेल मात्र भारतले आफ्नो पक्षमा पार्ने गरेको छ ।

धोनी निकै अनुभवी कप्तान हुन र उनले कोहलीलाई मैदान भित्र होस् या बाहिर निकै सहयोग गर्ने गरेका छन् । घरेलु मैदानमा अष्ट्रेलियाविरुद्धको सुरुवाती दुई एकदिवसीयमा जित निकाल्दा धोनी मुख्य खेलाडी थिए । तर, अन्तिम तथा निर्णायक खेलमा धोनीलाई बिश्राम दिईएको थियो । उक्त खेलमा अष्ट्रेलियाले दिएको औषत रनको लक्ष्य पनि कोहलीको कप्तानीमा भारतले पुरा गर्न सकेन र सिरिज गुमाएको थियो ।

Image result for kohli ipl

हाल जारी १२ औं संस्करणको आईपीएलमा पनि बैंगलोरले खराब प्रदर्शन कायम राखेको छ । बैंगलोरले ३ खेलमा ३ नै हार ब्यहोरेको छ । बैंगलोरसंग उत्कृष्ट खेलाडी रहदा पनि जित निकाल्न सकेको छैन ।

३६० ब्याट्सम्यान भनेर चिनिने डि भिलियर्स ब्याटिङका हस्ति नै हुन् । उनी ब्याटिङ मात्र नभई फिल्डिङ पनि उत्कृष्ट गर्ने गर्छन । बैंग्लोरका लागि उनी मुख्य खेलाडी हुन् । तर, यस सिजन उनले उत्कृष्ट खेल्न सकिरहेका छैनन् ।

यस्तै वेष्ट इण्डिजका युवा खेलाडी सिम्रन हिट्मायर क्यारिबिएन प्रिमिएर लिगमा शतक प्रहार गर्ने युवा खेलाडी हुन् । उनलाई बैंगलोरले ४.२ करोडमा भित्राएको थियो । तर, कोहलीको कप्तानीमा उनि पनि जम्न सकेका छैनन् ।

कप्तान कोहली स्वयमा आईपीएलमा ५ हजार रन पुरा गर्ने दोस्रो खेलाडी हुन् । कोहली आईपीएल इतिहासमा धेरै रन बनाउने खेलाडीको दोस्रो स्थानमा समेत रहेका छन् । कोहली भन्दा अघि चेन्नईका सुरेश रैना रहेका छन् ।

त्यसैले नजिकिदै गरेको एकदिवसीय विश्वकपको उपाधि जित्न भारतले कोहली भन्दा धोनीसंग बढी अपेक्षा गरेको भारतीय क्रिकेट पण्डितहरुले स्वीकार्दै आएका छन् ।

                                                                                                         -एजेन्सीको सहयोगमा 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक साता मात्रै रोकिने भयो आइपिएल
एक साता मात्रै रोकिने भयो आइपिएल
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
पञ्जाब र दिल्ली बीचको खेल रद्द
पञ्जाब र दिल्ली बीचको खेल रद्द
धोनीले तत्कालै सन्न्यास नलिने
धोनीले तत्कालै सन्न्यास नलिने
umbro nepal
  • ताजा समाचार
  • खेल आज
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
‘ए’ डिभिजन लिग पुसमा हुने
‘ए’ डिभिजन लिग पुसमा हुने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP