क्वार्टरफाइनलमा रियल
बुधबार, असार १८, २०८२खेलपाटी संवाददाता

काठमाडौं। इटालियन क्लब युभेन्ट्सलाई पराजित गर्दै रियल मड्रिड क्लब विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
बुधबार सम्पन्न खेलमा रियल १–० ले विजयी भएको हो। रियलको जितमा गोन्जालो गार्सियाले गरेको गोल नै निर्णायक बन्यो।
उनले खेलको ५४औं मिनेटमा गोल गरेका थिए। योसँगै इटालीका क्लबको विश्वकप यात्रा समाप्त भएको छ। यसअघि इन्टर मिलान राउन्ड अफ १६ बाटै बाहिरिएको थियो।













