काठमाडौं। इङ्लिस क्लब आर्सनलले प्रतिद्वन्द्वी क्लब चेल्सीबाट गोलकिपर केपा अरिजाबालागालाई अनुबन्ध गरेको छ।
चेल्सीसँगको सम्झौता समाप्त भएपछि उनलाई मंगलबार आर्सनलले आधिकारिक रूपमा अनुबन्ध गरेको हो। केपा सन् २०१८ मा एथ्लेटिक बिलबाओबाट चेल्सी आएका थिए। त्यतिखेर उनलाई चेल्सीले ९२.६ मिलियन डलर खर्चिएको थियो।
उक्त रकम त्यो समयसम्मको गोलकिपरको विश्व कीर्तिमानी ट्रान्सफर थियो। चेल्सीमा बिताएका सात वर्षमा उनले च्याम्पियन्स लिग, युरोपा लिग र क्लब विश्वकप जिते।
यद्यपि, उनी लामो समयसम्म ब्याकअप गोलकिपरको रूपमा सीमित भए र पछिल्ला दुई सिजनमा बर्मिङ्घम र रियल मड्रिडमा लोनमा खेल्दै आएका थिए।
आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाले भने,‘उनीसँग अनुभव छ। त्यसको फाइदा टिमलाई हुने छ। उनी मिहिनती छन् र हाम्रो स्तर अझ उकास्नेछ।‘
३० वर्षीय केपाको अनुबन्धको अवधि आर्सनलले खुलाएको छैन। उनी डेविड रायासँग आर्सनलको मुख्य गोलकिपरको स्थानका लागि प्रतिस्पर्धा गर्ने छन्।