• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
कोहली ५० औं शतकको दौडमा, सचिनको कीर्तिमान भङ्ग होला ?
खेलपाटी संवाददाता
मंगलबार, फागुन २८, २०७५ खेलपाटी संवाददाता
कोहली ५० औं शतकको दौडमा, सचिनको कीर्तिमान भङ्ग होला ?

एजेन्सी । भारतीय क्रिकेट टिमका पुर्व ब्याट्सम्यान सचिन तेन्दुलकरलाई क्रिकेटको भगवान मानिन्छ । किनकि विश्व क्रिकेटमा तेन्दुलकरले अनेक कीर्तिमानी आफ्नो नाममा बनाएको छ ।

तेन्दुलकरले बनाएको ब्याटिङको कीर्तिमानी तोड्न जो कोहिलाई कठिन हुने क्रिकेट विश्लेषकहरुले दाबी गर्दै आएका छन् । तर, भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली तेन्दुलकरको कीर्तिमानीहरु तोड्ने लयमा देखिएका छन् ।

पछिल्लो समय तेन्दुलकरको कीर्तिमान कसैले तोड्यो भने कोहलीले मात्र सक्ने बताउन थालिएको छ । कोहलीले एक पछि अर्को उत्कृष्ट इनिङ्स खेलिरहेका छन् ।

घरेलु भूमिमा अष्ट्रेलियविरुद्धको जारी एकदिवसीय क्रिकेट सिरिजमा समेत कोहलीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । अष्ट्रेलियासंगको सिरिज अन्तर्गत चार खेल सकिदा कोहलीले एक शतक प्रहार गरिसकेका छन् ।

अष्ट्रेलियाविरुद्धको दोस्रो एकदिवसीयमा शतक बनाएसंगै कोहलीले करियरको ४१ औं एकदिवसीय शतक पुरा गरे । र, कोहली आफुलाई महान खेलाडी तेन्दुलकरको हैशियततर्फ अघि बढाउन सफल भए ।

एकदिवसीय क्रिकेटमा तेन्दुलकरले ४९ शतक बनाएर किर्तीमान बनाएका छन् । कोहलीले ४१ औं शतक बनाएका छन् ।  अब कोहलीलाई तेन्दुलकरको कीर्तिमानी भंग गर्न ९ शतकको खाचो छ । तर, कोहलीले तेन्दुलकरको उक्त कीर्तिमान सहज पुरा गर्ने अनुमान गरिएको छ ।

सन् २०१५ को विश्वकपपछि कोहलीले जति रन अन्य कुनै खेलाडीले बनाउन सकेको छैन् । उनले ६७ इनिङ्समा ४ हजार २ सय ७९ रन बनाएका छन् ।

भारतका अर्का खेलाडी रोहित शर्मा भने ६ सय रनले कोहली भन्दा पछि परेका छन् । यस्तै ६९ इनिङ्समा ३ हजार २ सय ८८ रन बनाउदै इंग्ल्याण्डका जोए रुट तेस्रो स्थानमा रहेका छन् । कोहलीको औसत (८०.७३) सबै खेलाडीको भन्दा उच्च रहेको छ ।  स्ट्राइक रेट ९८.३४ रहदा तेस्रो स्थानमा छन् ।

सन् २०१५ कोहली लागि खासै राम्रो रहेको थिएन । उक्त समय कोहलीले औसत र स्ट्राइक रेट डेब्यु पछिकै सबैभन्दा कम रहेको थियो ।

सन् २०१७ पछि भने कोहली १५ शतकसहित ३ हजार २ सय ४६ रन बनाईसकेका छन् । कोहलीले ४१ शतक प्रहार गर्न जम्मा २१७ इनिङ्स खेलेका छन् । कोहलीले बनाएको ५.२९ इनिङ्समा एक शतकको प्रदर्शन अन्य कुनै खेलाडीको छैन् ।

दोस्रो स्थानमा रहेका दक्षिण अफ्रिकाका हसिम अम्लाले १७१ इनिङ्समा २७ शतक बनाउँदा कम्तिमा ६.३३ इनिङ्समा एक शतक प्रहार गरेका छन् ।

कोहलीले ९० अर्धशतक बनाईसकेका छन् । उनले प्रहार गरेको अर्धशतक ४५.५६% शतकमा परिवर्तन गर्ने गरेका छन् । जुन कोहलीले छिटो शतक बनाउनुको एक कारण हो ।

एकबर्ष भित्र ५ वा सो भन्दा बढी शतक प्रहार गर्ने कोहली एक्लो खेलाडी हुन् । उनले सन् २०१७ र २०१८ मा ६ शतक र सन् २०१२ मा ५ शतक प्रहार गरेका थिए ।

कोहलीले बनाएको ४१ शतक मध्ये २५ शतक लक्ष्य पछ्याउँदा बनाएका हुन् । कोहलीले भारतलाई खेल जिताउन २१ शतक प्रहार गरेका छन् ।

समग्रमा हेर्दा कोहलीको ४१ शतकमा भारतले ३३ पटक जित हात पारेको छ भने ७ खेलमा हार र १ बराबरी गरेको छ ।

कोहलीविरुद्ध अम्ला  

५ हजार, ६ हजार, र ७ हजार रन सबैभन्दा छिटो पुरा गर्ने कोहलीको कीर्तिमान अमलाले सहजै तोडेका थिए । 

अब अम्लालाई ८ हजार रन पुरा गर्दै कोहलीको कीर्तिमानी तोड्न ३ इनिङ्समा ९० रनको आवश्यकता छ ।

कप्तानको रुपमा कोहली

कप्तानको रुपमा कोहलीको ब्याटिङ अझ उत्कृष्ट रहेको छ । ६६ एकदिवसीय खेलमा भारतको कप्तानी गरेका उनले ४ हजार ९६ रन जोडेका छन् ।

कप्तानको रुपमा १९ शतक प्रहार गरेका कोहली अष्ट्रेलियाका पुर्व कप्तान रिकी पोण्टिङको २३० खेलको २२ शतक भन्दा ३ शतकले पछि रहेका छन् ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक साता मात्रै रोकिने भयो आइपिएल
एक साता मात्रै रोकिने भयो आइपिएल
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
पञ्जाब र दिल्ली बीचको खेल रद्द
पञ्जाब र दिल्ली बीचको खेल रद्द
धोनीले तत्कालै सन्न्यास नलिने
धोनीले तत्कालै सन्न्यास नलिने
umbro nepal
  • ताजा समाचार
  • खेल आज
भारतको सेमिफाइनलको सम्भावना मजबुत
भारतको सेमिफाइनलको सम्भावना मजबुत
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फामा महिला लिग तीन महिना चल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP