• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
मनाङको प्रतिद्वन्दी ढाका अबहानी कति बलियो ?
खेलपाटी संवाददाता
मंगलबार, चैत १९, २०७५ खेलपाटी संवाददाता
मनाङको प्रतिद्वन्दी ढाका अबहानी कति बलियो ?

काठमाडौं । एएफसी कप अन्तर्गत समूह चरणको पहिलो खेल खेल्न बंगलादेशी लिग विजेता ढाका अबहानी लिमिटेड नेपाल आईसकेको छ ।

ढाका अबहानीले पहिलो खेलमा नेपालको लिग च्याम्पियन मनाङ मर्स्याङदी क्लबसंग खेल्नेछ । मनाङको होम रहेको पहिलो खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स बुधबार हुनेछ ।

समूह 'ई' मा रहेको मनाङ र अबहानी दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । त्यसैले दुई टोलीबीचको खेल निकै प्रतिस्पर्धात्मक हुने अनुमान देखिएको छ ।

मनाङसंग खेल्ने अबहानीको टोलीमा बंगलादेश राष्ट्रिय फुटबल टोलीका ७ खेलाडी रहेका छन् । 

अबहानी कस्तो टोली हो त ? जान्नु होस् -

आकासे रङको जर्सीमा मैदान उत्रने ढाका अबहानी बंगलादेशको बलियो फुटबल क्लब हो ।  अबहानीले ६ पटक बंगलादेश प्रिमियर लिगको उपाधि उचाल्दै रेकर्ड बनाएको छ ।

अबहानीले लगातार तेस्रो पटक एएफसी कप खेल्न लागेको हो । तर, अबहानीले अहिलेसम्म समूह चरण पार गर्न सकेको छैन ।

अबहानी अहिले जारी लिगमा भने दोस्रो स्थानमा रहेको छ । अबहानी भन्दा अगाडी बसुन्धरा किंग्स रहेको छ । लिगको पछिल्लो ५ खेलमा अबहानीले ४ खेलमा जित हात पारेको छ ।

प्रशिक्षक :

३४ बर्षे पर्चुगिज प्रशिक्षक मारियो लेमोसलाई गत बर्षको डिसेम्बरबाट अबहानीले नियुक्त गरेको थियो । उनको आगमनसंगै अबहानीमा निकै राम्रो छाप छाडेका छन् ।

उनले सम्हालेका १४ खेलमध्ये १० खेलमा क्लबले जित हात पारेको छ । अबहानीलाई पहिलो पटक एएफसी कप समूह चरण पार गराउने उनको लक्ष्य रहेको छ ।

'हाम्रो तयारी राम्रो भएको छ । जुन सुकै प्रतियोगितामा पहिलो खेल निकै महत्वपूर्ण हुन्छ,' मनाङसंगको खेलअघि प्रशिक्षक मारियोले भने, 'हामीले मनाङ पनि राम्रो लयमा देखेका छौं । हामीले सकारात्मक नतिजाको अपेक्षा गरेका छौं ।'

प्रमुख खेलाडी

१. सन्डे छिजोबा

सन्डे छिजोबा निकै अनुभवी फरवार्ड हुन् । उनीसंग भारतमा खेलेको समेत अनुभव रहेको छ । छिजोबाले चुर्चिल ब्रदर्समा २०१४/२०१५को एक सिजन बिताएका थिए । उक्त सिजन उनको टिमले १३ गोल गर्दा उनले १० खेलमा ८ गोल गरेका थिए । त्यसैले प्रशिक्षक मारियोले पहिलो पटक एएफसी कपको समूह चरण पार गर्न उनीमाथि ठुलै आस गरेका छन् ।

२. शहिदुल युसुफ सोहिल

३० बर्षे गोलकिपर युसुफ सोहिल अबहानीका कप्तान समेत हुन् । यो सिजनमा उनले निकै राम्रो प्रदर्शन गरेका छन् । १० खेलमा उनले ९ गोल खाएका छन् । उनको अनुभवले नेपालमा निकै अबहानीलाई निकै सहयोग पुग्ने छ ।

'पहिलो खेल सधै महत्वपूर्ण हुन्छ । हामी ३ अंक प्राप्तिको लागि मैदान उत्रने छौं । हाम्रो टिम अहिले निकै सुधारिएको छ र सबै खेलाडीहरु लयमा रहेका छन् ।' सोहिलले भनेका छन् ।

३. बेल्फोर्ट केरभिन्स

निकै अनुभवी हाइटिका फरवार्ड बेल्फोर्ट केरभिन्सले धेरै राष्ट्रहरुमा लिग खेलेको अनुभव रहेको छ । फ्रान्स, अजरबैजान जस्ता देशमा समेत फुटबल खेलिसकेका उनी अबहानीका लागि प्रमुख हतियार हुन् ।

केरभिन्सले हालै भारतको करेला ब्लास्टर्स र जम्शेदपुर फुटबल क्लबबाट समेत प्रतिनिधित्व गरेका थिए । उनले त्यहाँ २ गोल तथा ५ असिस्ट गरेका थिए । त्यसैले उनी मनाङका लागि निकै खतरनाक हुन सक्ने छन् ।

४. विलिङटन प्रिओरी

फुटबलको देश मानिने ब्राजिलका विलिङटन प्रिओरी ढाका अबहानीका लागि निकै महत्वपूर्ण खेलाडी हुन् । मिडफिल्डबाट खेल्ने उनले यसअघि बोटाफोगो, जम्शेदपुर फुटबल क्लब, नर्थइस्ट युनाइटेड र साओ जोसे जस्ता क्लबबाट खेलीसकेका छन् ।

'प्रिओरी निकै अनुभवी खेलाडी हुन् । उनले भारतको इण्डियन सुपर लिग समेत खेलीसकेका छन् । उनीबाट हामीलाई धेरै अपेक्षा गरेका छौँ  । आशा छ अन्य विदेशी खेलाडीले समेत राम्रो प्रदर्शन गर्नेछन ।' प्रशिक्षक मारियोले प्रिओरीबारे भनेका छन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुलिसको जितमा समीरको ह्याट्रिक
पुलिसको जितमा समीरको ह्याट्रिक
भोलि फर्किँदै महिला टोली
भोलि फर्किँदै महिला टोली
मुसियाला लामो समय मैदान बाहिर रहने
मुसियाला लामो समय मैदान बाहिर रहने
च्याम्पियन नेपाली यु–१६ टोली स्वदेश फर्किँदै
च्याम्पियन नेपाली यु–१६ टोली स्वदेश फर्किँदै
संकटाको जितमा पेम्बाको २ गोल
संकटाको जितमा पेम्बाको २ गोल
मुलरले अन्तिम हात हल्लाए
मुलरले अन्तिम हात हल्लाए
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
पुलिसको जितमा समीरको ह्याट्रिक
पुलिसको जितमा समीरको ह्याट्रिक
भोलि फर्किँदै महिला टोली
भोलि फर्किँदै महिला टोली
मुसियाला लामो समय मैदान बाहिर रहने
मुसियाला लामो समय मैदान बाहिर रहने
ओडिआई वरीयतामा नेपाल यथावत्
ओडिआई वरीयतामा नेपाल यथावत्
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP