काठमाडौं। चौथोपल्ट एसिसी पुरुष यु–१६ इस्ट जोन कप जितेको नेपाली टोली आइतबार स्वदेश फिर्ता हुने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार टोली राति ८ : ३५ बजे त्रिभुवन विमानस्थल झर्न लागेको हो।
शनिबार सम्पन्न खेलमा सिंगापुरलाई २ विकेटले पराजित गर्दै नेपालले उपाधि रक्षा गरेको थियो। यसअघि नेपालले सन् २०१७, २०१९ र २०२३ मा उपाधि जितेको थियो।