काठमाडौं। समीर कुमारको ह्याट्रिकसँगै विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा यु–१६ युथ लिगमा एकतर्फी जित हात पारेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार सम्पन्न आफ्नो पहिलो खेलमा न्युरोड टिम ( एनआरटी) विरुद्ध पुलिसले ६–० को जित निकालेको हो।
पुलिसको जितमा समीरबाहेक परासन राई, मनिष बनरइती र रिजनराज गौतमले गोल गरे।
खेलको दोस्रो मिनेटमै गोलपिकर अश्विन राईले रातो कार्ड पाए। योसँगै एनआरटी १० खेलाडीमा समेटिएको थियो।