काठमाडौं। संकटा क्लबले एन्फा यु-१६ युथ लिगमा जावलाखेल युथ क्लबविरुद्ध सानदार जित हात पारेको छ।
सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा आइतबार सम्पन्न खेलमा संकटा ५-० ले विजयी भएको हो।
संकटाको जितमा पेम्बा लामाले २ गोल गरे। करण बहुल, सुमित बलम्पाकी र प्रजलकुमार लुम्रेको नाममा समान १ गोल रह्यो।