काठमाडौं। एएफसी एसियन कप छनोट २०२६ अस्ट्रेलिया खेल्न उज्बेकिस्तान पुगेको नेपाली राष्ट्रिय टोली सोमबार स्वदेश फर्किने भएको छ।
२६ वर्षपछि एसियन कपमा पुग्ने लक्ष्यसहित उज्बेकिस्तान पुगेको टोली शनिबार सम्पन्न अन्तिम खेलमा घरेलु टोलीसँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजित हुन पुगेको थियो।
योसँगै उज्बेकिस्तानले अपराजित रहँदै २२ वर्षपछि एसियन कपमा स्थान बनायो। नेपालले भने एसियन कपसँगै ओलम्पिक र विश्वकपको मौकासमेत गुमाएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार टोली सोमबार बिहान ८ बजे एअर अरेबियामार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फर्किने छ।
नेपालले लाओसलाई ९–० र श्रीलंकालाई ८–० ले पराजित गरेको थियो।