एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत अहिले साबिकको विजेता चेन्नई सुपर किङ्गस र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा भईरहेको छ ।
घरेलु मैदान एमए चिदामबरम स्टेडियममा जारी खेलमा चेन्नईले राजस्थानलाई जितका लागि १७६ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले पुरै २० ओभरमा ५ विकेट गुमाएर १७५ रन बनायो । खराब सुरुवात गरेको चेन्नईका लागि कप्तान महेन्द्र सिंह धोनीले अविजित रहदै ७५ रनको योगदान दिए ।

राजस्थानविरुद्ध मात्र २७ रन जोड्दा चेन्नईले ३ विकेट गुमाईसकेको थियो । तर, चौंथो विकेटका लागि कप्तान धोनीले सुरेश रैनासंग मिलेर ६१ रनको साझेदारी गर्दै चेन्नईको इनिङ्स उकासेका थिए । रैना ३६ रनमा आउट भए ।
यस्तै ड्वाने ब्राभोले २७ रन जोड्दा शेन वाट्सनले १३ रन बनाए । राजस्थानका जोफ्रा आर्चरले २ विकेट लिए ।
आज घरेलु मैदानमा चेन्नई लगातार तेस्रो जितको खोजीमा रहेको छ । तेस्रो स्थानको चेन्नईले २ खेलबाट ४ अंक जोडेको छ । जारी लिगमा महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई एक मात्र अपराजित टोली हो ।
अजिंका रहानेको कप्तानीमा रहेको राजस्थान भने पहिलो जितको खोजीमा रहने छ । अघिल्ला दुई खेल गुमाएको राजस्थान पुछारमा रहेको छ ।