• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
'आत्मविश्वासी नेपाललाई उपाधि चुम्ने अवसर'
नमीन ढकाल
शुक्रबार, चैत ८, २०७५ नमीन ढकाल
'आत्मविश्वासी नेपाललाई उपाधि चुम्ने अवसर'

विराटनगर । भारत दक्षिण एसियाली फुटबलको पावर हाउस । महिला साफमा चार पटकको च्याम्पियन । नेपाल महिला साफमा सधै दाबेदार । तर, उपाधि जित्न असफल ।

यस्तोमा पाँचौ संकरणको महिला साफ च्याम्पियनसिपको फाइनलमा भिड्दै छन् - चार पटकको च्याम्पियन भारत र नेपाल ।

विराटनगरस्थित सहिद रंगशालामा शुक्रबार भारत र नेपाल इतिहास बनाउने लक्ष्यसहित मैदान उत्रने छन् । नेपाल पहिलो पटक महिला साफको उपाधि जित्न चाहन्छ । भारत पाँचौ पटक उपाधि जितेर अर्को कीर्तिमानी बनाउने योजनामा हुनेछ ।

घरेलु मैदान र जबर्जस्त प्रदर्शनले नेपाललाई यस पटकको उपाधि दाबेदार मानिएको छ । त्यहिँ जबर्जस्त प्रदर्शनले नेपालको फाइनल यात्रा सहज बनेको थियो । त्यसैले बलियो भारतविरुद्धको फाइनलका लागि नेपाल आत्मविश्वासी देखिएको छ ।

'भारत दक्षिण एसियाको फुटबलमा स्थापित देश हो भने हामी स्थापित हुँदैछौं । टिम सम्हाल्न थालेपछि हामीले भारतसंग २ खेलेका छौं जसमा एक बराबरी खेलेका छौं भने हामीले १ जित पनि हात पारेका छौं,' नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले फाइनल अघि भने, 'त्यस कारणले खेलाडीहरुको मनोबल उच्च रहेको छ । अब हामीले उनीहरुको २/३ जना प्रमुख खेलाडीलाई रोक्दै हामीले आफ्नो बलियो पक्ष प्रयोग गर्ने छौं।'

नेपाललाई पहिलो पटक महिला साफको उपाधि जित्ने सुनौलो अवसर छ । घरेलु समर्थकका साथै नेपाली टोलीको प्रदर्शन त्यसको बलियो आधार हो ।

नेपाल चौंथो पटक साफको फाइनलमा प्रवेश गरेको हो । सन् २०१६ मा भारतमा भएको साफमा भने नेपाल सेमिफानलबाटै बाहिरिएको थियो ।  त्यसअघिको तीन संस्करणमा नेपाल फाइनलमा भारतसंगै पराजित भएको थियो  ।

तर, पछिल्ला खेलमा भारतविरुद्ध निकालेको नतिजाले नेपालले ऐतिहासिक सफलता हात पार्ने केहि आधार रहेको छ । त्यसैले प्रशिक्षक खड्का नेपाली टोलीको प्रदर्शनले उत्साहित समेत छन् ।

'यो हाम्रो घरेलु मैदान हो  । जन्मभुमी हो । त्यसैले हामी रेकर्ड तोड्न तयार छौं । खेलाडीहरु उत्साहित छन् र मनोबल पनि उच्च रहेको छ । भोली हाम्रो दिन हुनेछ र हामीले उपाधि पनि उचाल्ने छौं भन्नेमा विश्वास छ,' फाइनल अघि प्रशिक्षक खड्काले भने ।

नेपाली टोलीको मुख्य प्रशिक्षकमा हरि खड्का नियुक्त भएपछी नेपालले भारतसंग एक खेलमा जित र एक खेलमा बराबरी खेलेको छ । म्यानमारमा भएको ओलम्पिक छनोटमा नेपालले भारतसंग बराबरी खेलेको थियो । तर, गत महिना भारतमा सम्पन्न हिरो महिला गोल्डकपमा नेपालले भारतलाई हराएको थियो ।

प्राविधिक र शारीरिक रुपमा बलियो भारतविरुद्ध नेपालले कठिन चुनौती पन्छाउनु पर्ने हुन्छ । भारतलाई दबाबमा राख्न सुरुवातबाटै आक्रामक खेल्नु पर्ने हुन्छ ।

'हामी आक्रमक फुटबलमा विश्वास गर्छौं । अहिले हाम्रो टिम ब्यालेन्स छ । आत्मविश्वास पनि माथि नै छ । त्यसैले हामी आक्रमक फुटबल नै खेल्ने छौं,' प्रशिक्षक खड्का भन्छन्, 'हाम्रो मुख्य हतियार भनेको हार नमान्ने अठोट नै हो । जुन गोर्खालीपन खेलाडीमा पनि रहेको छ । प्राविधिक हिसाबमा उनीहरु धेरै माथि छन् । हाम्रो खेलाडीमा पनि दिन प्रतिदिन सुधार देखिंदै आएको छ । त्यसैले पहिले जस्तो हामी भारतसंग दबिएर खेल्नु पर्ने छैन् ।'

प्रशिक्षक खड्काको भनाईमा कप्तान निरु थापा सहमत छिन् । कप्तान निरुले भारतसंग दबिएर खेल्ने गएको र उपाधि उचाल्ने लक्ष्यसहित मैदान दाबी गरेकी छिन् ।

'ओलम्पिक छनोट खेल्दा हामीलाई भारत भन्दा खेलाडी डराएको जस्तो हुन्थ्यो तर प्रशिक्षकको हौशलाले हिरो कपमा हामीले ऐतिहासिक जित हात पार्न सफल भएका थियौं,' कप्तान निरुले भनिन्, 'हामीले अन्तिम खेल जसरि पनि जित्नु पर्छ जसको लागि हामीले धेरै मेहनत गर्नु पर्छ । हामीले त्यसरी खेल्यौ भने उपाधि उचाल्न सक्छौं ।'

प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भुटानलाई ३–० र दोस्रो खेलमा बंगलादेशलाई ३–० ले हराएको हो । यस्तै सेमिफाइनलमा नेपालले श्रीलंकालाई ४–० ले पराजित गरेको थियो ।

यता, भारत नेपाललाई हराएर पाँचै संकरणको उपाधि जित्ने लक्ष्यमा हुनेछ । भारतीय टोलीका मुख्य प्रशिक्षक म्यामोल रकीले प्रतियोगितामा सुखद सुरुवात गरेको र अन्त्य पनि सुखद गर्ने बताईन् ।

'फाइनल सधैं रोमाञ्चक नै हुन्छ। हामीलाई थाहा छ नेपाल पूर्ण तयारीका साथ मैदान उत्रने छ र हामीले उनीहरुको सामना गर्ने छौं । मेरो चाहाना भनेको नै सधै खेल जित्नु हो,' मुख्य प्रशिक्षक म्यामोल रकीले भनिन्, 'हामीले सुखद सुरुवात गरेका थियौं र अन्त्य पनि सुखद नै गर्न चाहान्छौं ।'

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुलिसको जितमा समीरको ह्याट्रिक
पुलिसको जितमा समीरको ह्याट्रिक
भोलि फर्किँदै महिला टोली
भोलि फर्किँदै महिला टोली
मुसियाला लामो समय मैदान बाहिर रहने
मुसियाला लामो समय मैदान बाहिर रहने
च्याम्पियन नेपाली यु–१६ टोली स्वदेश फर्किँदै
च्याम्पियन नेपाली यु–१६ टोली स्वदेश फर्किँदै
संकटाको जितमा पेम्बाको २ गोल
संकटाको जितमा पेम्बाको २ गोल
मुलरले अन्तिम हात हल्लाए
मुलरले अन्तिम हात हल्लाए
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
पुलिसको जितमा समीरको ह्याट्रिक
पुलिसको जितमा समीरको ह्याट्रिक
भोलि फर्किँदै महिला टोली
भोलि फर्किँदै महिला टोली
मुसियाला लामो समय मैदान बाहिर रहने
मुसियाला लामो समय मैदान बाहिर रहने
ओडिआई वरीयतामा नेपाल यथावत्
ओडिआई वरीयतामा नेपाल यथावत्
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP