एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका कप्तान सर्जियो रामोसलाई युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएले कारबाही गरेको छ ।
च्याम्पियन्स लिग अन्तर्गत आयाक्सविरुद्ध भएको अन्तिम १६ को पहिलो लेगमा पहेलो कार्ड पाएको कारण रामोसलाई एक खेलमा प्रतिबन्ध लागेको छ । एक खेलको कारबाहीसंगै रामोसले अन्तिम १६ को दोस्रो लेग खेल गुमाउने छन् ।
घरेलु मैदानमा २-१ को जित निकालेको खेलमा पहेलो कार्डको लागि रामोसले जानी जानी फल गरेको युईएफएले आरोप लगाएको छ । रामोसले ८९ औं मिनेटमा आयाक्सका क्यास्पर डोल्बर्गलाई फल गरेका थिए ।
रामोसको उक्त क्रियाकलापलाई अनुसन्धान गरिरहेको समेत युईएफएले जनाएको छ ।