एजेन्सी । इङ्ग्लिश प्रिमियर लिग फुटबलमा एभर्टनले सहज जित निकालेको छ । मंगलबार राति भएको खेलमा एभर्टनले कार्डिफ सिटीलाई ३-० गोल अन्तरले पराजित गर्यो ।
कार्डिफको मैदानमा एभर्टनलाई जित दिलाउन गिल्फी सिगुर्डसनले दुई गोल गरे । डोमिनिक लेविनको नाममा एक गोल गर्यो ।
जितसंगै एभर्टनले २८ खेलबाट ३६ अंक जोडेको छ । र, लिगको नवौं स्थानमा उक्लिएको छ । कार्डिफ २५ अंक जोडेर १७ औं स्थानमा छ ।
लिग अन्तर्गत लेष्टर सिटीले ब्राइटनलाई २-१ गोल अन्तरले हराएको छ । लेष्टरको जितमा डीमाराई ग्रे र जेमी भार्डीले एक एक गोल गरे । ब्राइटनका डाभी प्रोपरले एक गोल फर्काए ।
जितसंगै ११ औं स्थानको लेष्टरले ३५ अंक जोडेको छ । ब्राइटनको २७ अंक छ ।
लिगको अन्य खेलमा न्युकासल युनाइटेडले बर्नलीलाई २- ० ले पराजित गर्दा हडर्सफिल्ड टाउनले वुल्भ्सलाई १- ० ले पराजित गरेको छ ।