एजेन्सी । प्रिमियर लिग क्लब लेस्टर सिटीले क्लबको नयाँ प्रशिक्षकको रुपमा ब्रेन्डन रोडजर्सलाई अनुबन्धन गरेको छ । लिभरपुलका पुर्व प्रशिक्षक समेत रहेका रोडजर्सलाई क्लबले सन् २०२२ सम्मका लागि क्लबमा अनुबन्धन गरेको हो ।
स्कटिस च्याम्पियनलाई छाड्दै रोडजर पुन एक पटक प्रिमियर लिग क्लबमा फर्किएका हुन् ।
गत आईतबारको खेलमा क्रिस्टल प्यालेससंग घरेलु मैदानमा ४–१ ले पराजित भएपछि लेस्टरले प्रशिक्षक क्लाउड पियुललाई बर्खास्त गरेको थियो । रोडजर्ससंगै क्रिस्टल प्यालेसका म्यानेजर राफेल बेनिटेजलाई सम्भावित प्रशिक्षकको सुचिमा राखिएको थियो ।
स्कटिस क्लबले समेत रोडजरलाई प्रिमियर लिग क्लब फर्कन अनुमति दिएको छ ।
‘म निकै सम्मानको महशुश गरेको छु । प्रशंसकलाई खुसी र गर्व गर्न लायक बनाउन मेरो जिवनको सबै चिज लगाउने छु ।’ रोडजर्सले भने ।
४६ बर्षका म्यानेजरले स्वान्सी सिटी र लिभरपुल क्लब हेरिसकेका छन् । उनले आगामी हप्ता फुल्हमसंग प्रिमियर लिगको पहिलो खेल खेल्नेछन् ।