धनगढी । सैनिक आवासीय माध्यमिक विद्यालय धनगढीमा जारी प्रथम मृग गार्मेन्ट लिटिल फ्लावर सुपर लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको खेलमा कैलाली विद्या निकेतनलाई ९-० गोलको फराकिलो अन्तरले पराजित गर्दै सैनिकले लगातार दोस्रो जितसहित सेमिफाइनल पुगेको हो ।
सैनिकको जितमा विकास पुन एक्लैले ५ गोल गरे । यस्तै सुदिप घर्तिले ३ र शेखर चौधरीले १ गोल गरे ।
मंगलबार नै भएको खेलमा थ्री स्टारले खप्तड विद्या निकेतनलाई २-१ गोल अन्तरले पराजित गरेको छ । यस्तै ऐश्वर्य विद्या निकेतनले आयोजक लिटिल फ्लावरलाई ५-० गोल अन्तरले पराजित गरेको छ ।
प्रतियोगिताको विजेताले नगद ३० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । उपविजेता टोलिले १५ हजार प्राप्त गर्ने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद ३ हजार पाउने छन् ।