एजेन्सी । चेल्सीले गोलकिपर केपा अरिजाबालागालाई कारबाही गरेको छ ।
म्यानचेस्टर सिटीविरुद्ध भएको काराबाओ कप फुटबलको फाइनलमा प्रशिक्षकको निर्देशन नमानेपछि केपालाई कारबाही गरिएको हो ।
सिटीविरुद्ध केपा सब्सिच्युड हुन मानेका थिएनन् । प्रशिक्षक सारीले केपाको स्थानमा विली काबालेरोलाई मैदानमा प्रवेश गराउन खोजेका थिए ।
तर, केपाले मैदान छाड्न मानेका थिएनन् । जसको कारण मैदानमा केहि समय नाटकीय रुप देखिएको थियो । केपा मैदानबाट बाहिरिन नमानेपछि प्रशिक्षक सारी निकै रिसाएका थिए ।
उक्त खेलमा चेल्सी सिटीसंग पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले पराजित भएको थियो ।
चेल्सीले कारबाहीस्वरुप केपाको एक साताको तलब काटेको छ । यस्तै केपालाई माफी माग्न लगाईएको छ ।
केपाले उक्त घटनामा आफुले ठुलो गल्ती गरेको समेत बताएका छन् ।
हेर्नुहोस भिडियो :