काठमाडौं । आईसीसी महिला विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालले अहिले चीनसंग प्रतिस्पर्धा गरिरहेको छ ।
थाईल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा चीनविरुद्ध टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले खराब सुरुवात गरेको छ ।
नेपालले मात्र ३५ रन जोड्दा महत्वपूर्ण २ विकेट गुमाईसकेको छ । नेपालले पहिलो विकेटको रुपमा सिता राना मगरलाई ११ रनमा गुमाएको थियो । यस्तै काजोल श्रेष्ठलाई १८ रनमा गुमाएको छ ।
१० ओभरको खेल सकिदा नेपालले २ विकेट गुमाएर ३५ रन जोडेको छ ।
पछिल्ला ४ बाट ६ अंक जोडेको नेपाललाई अंक तालिकामा सुधारमा गर्न चीनविरुद्वको खेल महत्वपुर्ण छ । यसअघि चीनविरुद्वको प्रभावशाली नतिजाले समेत नेपालले सहज जित निकाल्ने अपेक्षा गरिएको छ ।
ग्लोबल छनोटमा पुग्न जारी प्रतियोगिताको शीर्ष स्थानमा रहन आवश्यक छ । त्यसका लागि नेपालले शीर्ष स्थानको थाईल्याण्डको हारको समेत कामना गर्नुपर्नेछ । तालिकाको शीर्ष स्थानको थाईल्याण्डले समेत मलेसियासंग प्रतिस्पर्धा गर्दैछ ।
अघिल्लो खेलमा नेपालले हङकङलाई चार विकेटले पराजित गरेको थियो । त्यस्तै आफ्नो तेस्रो खेलमा नेपालले युएईलाई ७ विकेटले हराएको थियो । पहिलो खेलमा मलेसियलाई ३४ रनले पराजित गरेको नेपाल दोस्रो खेलमा थाईल्याण्डसंग पराजित भएको थियो ।