काठमाडौं । फ्रेन्चाईज क्रिकेट टिम काठमाडौं गुर्खाजले कप्तान करन केसी सहित ६ खेलाडीलाई रिटेन गरेको छ ।
काठमाडौंले करन सहित भिम सार्की, साहब आलम, दिपेश कँडेल, रसिद खान, प्रतिक श्रेष्ठलाई नयाँ सिजनका लागि रिटेन गरेको हो ।
मुख्य आयोजक नेपाल क्रिकेट संघ क्यानले दोस्रो सिजनका लागि ६ खेलाडी रिटेनको सुविधा टिमलाई दिएको छ ।
सोही अनुसार काठमाडौं गुर्खाजले ६ खेलाडी रिटेन गर्दै नयाँ सिजनको सुरुआत गरेको हो ।
काठमाडौं गुर्खाज कान्तिपुर मिडिया ग्रुप स्वामित्वको फ्रेन्चाईज टिममा हो ।