काठमाडौं । राष्ट्रिय क्रिकेट टिमले टी ट्वान्टी विश्वकप क्रिकेट छनोटको तयारी अष्ट्रेलियामा गर्ने भएको छ ।
नेपाल क्रिकेट संघ क्यानले शुक्रबार सुचना जारी गर्दै अष्ट्रेलियाको नर्दन टेरिटोरी क्रिकेटले आयोजना गर्ने टी ट्वान्टी सिरिजमा नेपाल सहभागी हुने बताएको हो ।
अष्ट्रेलियामा हुने सिरिजलाई क्यानले नेपालको टी ट्वान्टी विश्वकप छनोटको तयारीको रुपमा लिएको छ ।
सो सिरिज अगष्ट १४ बाट २४ सम्म सञ्चालन हुनेछ ।
टप इन्ड टी ट्वान्टी सिरिज नामको प्रतियोगिता क्रिकेट अष्ट्रेलियाले स्वीकृति प्रदान गरेको नर्दन टेरिटोरीमा हुने टी ट्वान्टी ढाँचाको क्रिकेट कार्यक्रम हो ।
यो हरेक वर्ष अष्ट्रेलियन बिग बास लिग अघि हुने गर्दछ । यस सिरिजलाई सामान्यतया बिग बासको पूर्व तयारीको प्रतियोगिताको रुपमा हेर्ने गरिन्छ ।