• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
नेपाल क्रिकेटले मनाएको ‘भ्यालेन्टाईन डे’
विश्वास थापा
बिहीबार, फागुन २, २०७५ विश्वास थापा
नेपाल क्रिकेटले मनाएको ‘भ्यालेन्टाईन डे’

काठमाण्डौ । ठिक एक बर्ष अघि । सारा नेपाली क्रिकेट समर्थकको ध्यान नामिबियामा केन्द्रित थियो ।

कारण, डिभिजन ‘टु’को खेलमा नेपाल र क्यानडा भिड्दै थिए । नेपाली क्रिकेटका लागि फ्रेब्रुअरी १४ को दिन निकै महत्वपुर्ण थियो । खेल जितेमा नेपाली क्रिकेट नयाँ युगमा प्रवेश गर्ने निश्चित थियो । खेल दिउँसो सवाँ एक बजे सुरु हुने तय थियो ।

खेलेको सुरुमै टस नेपालले जित्यो । क्यानडालाई निम्तो दियो, ब्याटिङ्गको ।

पुरै ओभर खेल्दै क्यानडाले ८ विकेट गुमार १ सय ९४ रन बनायो ।

नेपालले १ सय ९५ रनको लक्ष्य पाएको थियो ।

जब नेपाल ब्याटिङ्गमा उत्रियो, नेपालको ब्याटिङ्ग लाईन धरासायी देखियो । खराब सुरुवात गरेको नेपालले मुख्य ब्याट्सम्यानलाई सस्तैमा गुमाईसकेको थियो ।
१ सय ४४ रन बनाउदाँ नेपाल ८ विकेट गुमाएको नाजुक अवस्थामा थियो ।

एक हिसाबले खेल नेपालको हातबाट फुत्किसकेको थियो ।

अनि मैदानमा प्रवेश करण केसीको भयो ।

त्यसअघि, दिलिप नाथले ४१, रोहितकुमार पौडेल २७, आरिफ शेखले २६ र दिपेन्द्र सिंह ऐरीले १८ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकको स्कोर छुन सकेका थिएनन् ।
यस्तो अवस्थामा नवौं विकेट खस्दा खेल पुर्ण रुपमा क्यानाडामा ढल्किएको थियो । उनीहरु सेलिब्रेसनको तयारीमा देखिन्थे । नेपालको झिनो आशलाई करण र सन्दीप लामिछानेले प्राण भरिरहेका थिए ।

नेपाललाई ४२ बल खाँचो ५१ रनको थियो ।

धेरै क्रिकेट प्रेमीले आश मारिसकेका थिए । कतिले नेपाल हारेको दाबी गर्न भ्याईसकेका थिए । तर नजर अन्तिम विकेटमा अडिएको थियो । लाईभ हेर्न नपाएका दर्शक सेकेन्ड सेकेन्डमा कम्प्युटर स्क्रिनको वेव पेज रिफ्रेस गरिरहेका थिए ।

सबैको प्रार्थानामा पशुपति नाथ थिए ।

क्रिजमा पुगेका करण विस्तारै जम्दै थिए, पोविलियनबाट सन्दिपले राम्रो साथ दिईरहेका थिए ।

करण बेला बेला चौथा र छक्का बर्साउथे, समर्थकको आशाको त्यान्द्रो बढेर आउथ्यो ।

अन्तिममा नेपाललाई १२ बलमा २१ रन चाहिएको थियो ।

करणले ४९ औ ओभरमा एक चौका र एक छक्काको मदतले १३ रन बनाए । नेपाललाई अब जितका लागि ८ रन चाहिने भयो । विकेट अन्तिम थियो, एक ओभर बचेको थियो ।

पुरै मैदान शान्त देखियो । एकछिन सन्नाटा छायो । सबैको आखाँ करणको ब्याटमा अडिएका थिए ।

अन्तिम ओभरको सुरुवाती ४ बल नेपालले डट खेल्यो । अब २ बल बाँकी रह्यो । जित्न ८ रन चाहिएको थियो । अर्थात दुई बलमा दुई ब्याउन्ड्री आवश्यक थियो ।
क्यानडाका प्रभेज बल लिएर अघि बढ्दै थिए, उनीसंगै अघि बढिरहेको थियो नेपाली क्रिकेट समर्थकको सास ।

करणले कुनै गल्ती गरेनन्, लामो छक्का प्रहार गरिदिए ।

अब अन्तिम बलमा नेपाललाई दुई रन अवाश्यक थियो । जसले नेपाली क्रिकेटलाई विश्वकप छनोट र ‘वान डे’ मान्यताको दिशातर्फ डोर्याउने निश्चित थियो ।

अन्तिममा प्रभेजले एक वाईड बल फाले, खेल नेपालको पक्षमा ढल्कियो ।

नेपाल नहार्ने निश्चित भयो ।

विश्वकप छनोट खेल्न नेपाललाई एक बलमा एक रन आवश्यक थियो ।

त्यसमा समेत करणले आवश्यक रन बटुल्दै नेपाललाई वन डे मान्यताको बाटोमा अग्रसर गराए ।

जब करणले अन्तिम रन बटुले, सबै खेलाडी खुसीले मैदान प्रवेश गरे । सन्दीप र करणले मैदानमै खुसी मनाए ।

क्रिकेट समर्थक घर घरबाट निस्कन थाले, केही बेरमै सडकमा स्वत स्फुर्त विजयी जुलुस निक्लियो ।

सोही कारण नेपाली क्रिकेट र समर्थकले फ्रेब्रुअरी १४ अर्थात आजको दिनलाई बिर्सने छैनन् ।

सोही निर्णायक खेलमा बाजी मार्दै नेपाल पहिलो पटक विश्वकप छनोट खेल्न पाएको थियो । र त्यही खेलले तय गरेको बाटोमा नेपाली क्रिकेटको अहिलेको जग बसेको हो ।

अन्तिममा एक प्रश्न,

यदी करणले ३१ बलमा ४२ रन नबनाएको भए ?

धेरैलाई यो प्रश्न मन पर्दैन । कारण, त्यही ईनिङ्सले नेपाली क्रिकेटलाई नयाँ युगमा प्रवेश गराएको थियो ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक साता मात्रै रोकिने भयो आइपिएल
एक साता मात्रै रोकिने भयो आइपिएल
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
पञ्जाब र दिल्ली बीचको खेल रद्द
पञ्जाब र दिल्ली बीचको खेल रद्द
धोनीले तत्कालै सन्न्यास नलिने
धोनीले तत्कालै सन्न्यास नलिने
umbro nepal
  • ताजा समाचार
  • खेल आज
भारतको सेमिफाइनलको सम्भावना मजबुत
भारतको सेमिफाइनलको सम्भावना मजबुत
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फामा महिला लिग तीन महिना चल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP