काठमाडौं। साविक उपविजेता ललितपुर क्विन्सले एभरेस्ट महिला भलिबल लिगमा विजयी सुरुआत गरेको छ।
पोखरा रंगशाला परिसरस्थित कभर्डहलमा शुक्रबार सम्पन्न खेलमा ललितपुरले मधेश युनाइटेडलाई ३–० को सोझो सेटमा पाखा लगाएको हो।
ललितपुरले पहिलो सेट २५–१७ ले आफ्नो हात पार्यो। दोस्रो सेटमा २५–१३ र तेस्रो सेटमा २५–१९ को सहज नतिजा निकाल्यो।