भारतविरुद्ध आर्चरलाई खेलाउन नहुने तर्क !

काठमाडौं। इङ्ग्ल्यान्डले भारतविरुद्ध ओभलमा हुने पाँचौं तथा अन्तिम टेस्ट खेलमा जोफ्रा आर्चरलाई खेलाउने हो भने उनी फेरि चोटिल हुने जोखिममा पर्ने पूर्वखेलाडी स्टुअर्ट ब्रड र नासेर हुसेनले चेतावनी दिएका छन्।
चार वर्षपछि टेस्ट क्रिकेटमा फर्किएका तीव्र गतिका बलर आर्चरले यसअघिका दुई टेस्ट गुमाएका थिए। तर, लर्ड्समा पाँच र म्यानचेस्टरमा चार विकेट लिए। यी दुवै पूर्वखेलाडीको भनाइमा इङ्ग्ल्यान्डले उनको दीर्घकालीन स्वास्थ्यलाई प्राथमिकता दिनुपर्छ।
ब्रडले स्काइ स्पोर्ट्ससँग भने,‘हामी चार वर्ष आर्चरबिनै बस्यौं। अब फर्किएपछि फेरि अत्यधिक प्रयोग गरेर अर्को चार वर्षका लागि गुमाउनु हुँदैन।’
उनले जोश टङलाई स्वाभाविक विकल्पको रूपमा देखेका छन्। टङले सिरिजको सुरुआतमा खेलेका थिए र अधिकांश तल्लो क्रमका ब्याटरलाई आउट गरेका थिए। तर, उनी नै उत्तम विकल्प बन्नसक्ने ब्रडको तर्क छ।
थकित तीव्र गतिका बलिङ युनिटलाई सघाउन इङ्ग्ल्यान्डले जेमी ओभरटनलाई टोलीमा थपेको छ। क्रिस वोक्स र ब्राइडन कार्सले चारै टेस्ट खेलेका छन् भने कप्तान बेन स्टोक्सले आफू उपलब्ध हुन ईँटको भित्ता फोडेर दौडिन पनि तयार रहेको बताएका छन्।
अन्तिम निर्णायक टेस्ट खेलमा गस एटकिन्सन र टङले स्थान पाउन सक्ने सम्भावना छ। त्यस्तै, चार महिनापछि अस्ट्रेलियासँग हुने एशेज सिरिजलाई ध्यानमा राख्दै आर्चरलाई आराम दिइने अपेक्षा गरिएको छ।
पूर्वकप्तान नासेर हुसेनले भने, ‘चार वर्षपछि फर्किएको खेलाडीलाई लगातार तीन टेस्ट खेलाउने भन्ने कुरै हुन सक्दैन। गस एटकिन्सन पनि लामो समयपछि फर्किएका छन्, स्टोक्स पनि हल्का चोटसँग खेलिरहेका छन्। यस्तो अवस्थामा त तीन बलर जोखिममा परे सरह हुन्छ।’
‘तर यदि उनी फिट छन् भने, आफ्नै घरेलु मैदानमा एटकिन्सनलाई खेलाउनु पर्छ,’ हुसेनले थपे।












-1773819743320.jpeg&w=3840&q=75)

-1773803404132.webp&w=3840&q=75)
-1773802869633.webp&w=3840&q=75)