काठमाडौं। इटालियन टोली इन्टर मिलानले क्लब विश्वकपको पहिलो खेलमै अंक बाँड्न बाध्य भएको छ।
बुधबार बिहान सम्पन्न खेलमा इन्टरले मेक्सिकन क्लब मोन्टेरेसँग १-१ को बराबरीमा खेलेको हो।
सर्जियो रामोसले २५औं मिनेटमा मोन्टेरेलाई सुरूआती अग्रता दिलाएका थिए। तर, ४२औं मिनेटमा लाउटारो मार्टिनेजले बराबरी गरे।