• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
३९ वर्षमा पनि उतिकै प्रभावशाली रामोस
खेलपाटी संवाददाता
३ घण्टा अगाडि खेलपाटी संवाददाता
३९ वर्षमा पनि उतिकै प्रभावशाली रामोस

काठमाडौं। सर्जियो रामोस हावामा उफ्रिए र आफूलाई युवा स्तरमै फर्काएझैँ गरे।

३९ वर्षीय सेन्ट्रल डिफेन्डर रामोस पेनाल्टी क्षेत्रभित्र चुपचाप पसेका थिए। इन्टर मिलानका दुई डिफेन्डरलाई झुक्याउँदै सुन्दर हेडरमार्फत मोन्टेरेलाई सुरुआती अग्रता दिलाए।

रियल मड्रिड र स्पेनको राष्ट्रिय टोलीबाट खेल्दा गरेका अद्भुत प्रदर्शन सम्झाउने गरी उनले फेरि एकपटक अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो क्षमता देखाए।

रोज बाउल रंगशालामा भएको यो क्लब विश्वकप खेलमा रामोसको गोल र उनको समग्र रक्षात्मक प्रदर्शनसँगै मोन्टेरेले युरोपेली च्याम्पियन्स लिग फाइनलिस्ट इन्टर मिलानलाई १–१ को बराबरीमा रोक्न सफल भयो। यसको मुख्य श्रेय भने रामोसलाई नै जान्छ। 

‘गोल गरेर टोलीलाई योगदान दिनु सधैं सुखद हुन्छ,’ रामोसले एक दोभाषेमार्फत भने, ‘तर, यदि हामीले स्पष्ट ३ अंक ल्याउन सक्यौं भने त्यो अझ राम्रो हुन्छ। हामीले टोलीका रूपमा उत्कृष्ट खेलेका थियौं। फुटबलमा गोल गर्ने हो, तर हामी यहाँ अनुभव लिन पनि आएका हौं।’

चार महिना अगाडि रामोससामु दुई विकल्प थिए। एक साउदी क्लबको सुविधा सम्पन्न जीवन अनि अर्को मेजर लिग सकरको मोह। तर, उनले यी दुईवटै विकल्प त्यागेर मेक्सिकोको लिगा एमएक्स क्लब मोन्टेरे रोजे। क्लब विश्वकपमा विश्वका सामु फेरि एकपटक देखिन चाहने उनको चाहना अहिले पूरा भएको हो।

सन् २०२१ मै कोनकाकाफ च्याम्पियन्स लिग जितेर मोन्टेरे क्लब विश्वकपको लागि छनोट भएको हो। त्यो समय रामोस पेरिस सेन्ट–जर्मेन (पिएसजी) मा थिए। त्यो बेला रियलमा १६ वर्ष लामो यात्रा टुंग्याएको केही महिनामात्र भएको थियो।

फिफा पनि यो प्रतियोगितामा विश्वका चर्चित खेलाडीलाई देखाउन आतुर देखिएको थियो। चाहे लिओनल मेसीको कप्तानी रहेको इन्टर मियामीलाई विवादास्पद रूपमा समावेश गर्नु होस् वा विशेष ‘ट्रान्सफर विन्डो’ खोलेर क्रिस्टियानो रोनाल्डोलाई कुनै क्लबले भित्र्याउने प्रयास गर्नु।

तर, रामोस आफैंले आफ्नो निर्णय लिए। त्यो निर्णय सही साबित पनि भयो। उनले पहिलो खेलमै मोन्टेरेलाई १ अंक दिलाए। मोन्टेरेमा कप्तानी जिम्मेवारी सम्हालेका रामोस सेन्ट्रल डिफेन्डर मात्र नभई आक्रमणमा पनि नियमित योगदान दिन थालेका छन्। 

प्रशिक्षक डोमेनेक टोरेन्टले भन्छन्,‘उनी त्यो फुटबलबाट आएका हुन्, जुन हामी सबै जान्दछौं। उनले आफ्नो अनुभव टोलीसँग बाँडिरहेका छन्। उनी एक लिडर हुन्, जुन म मैदानमा दैनिक अनुभव गर्छु।’

उनको काम गर्ने शैलीका कारण मोन्टेरे क्लब उनमाथि अत्याधिक भर पर्न थालेको छ। उता उनका सहकर्मी सर्जियो कानेलसले आक्रमणमा टोलीलाई सन्तुलनमा राखेका छन्।

दोस्रो हाफमा कानेलसले ३० यार्डबाट गरेको प्रहार पोस्टमा लागेर फर्किएको थियो। सबै कुरा पूर्ण थिएन। पहिलो हाफको अन्त्यतिर लाउटारो मार्टिनेजको बराबरी गोल गर्दा केही हदसम्म रामोसको गल्ती देखिएको थियो। यद्यपि, त्यो गोल इन्टरको उत्कृष्ट पासिङ मूभबाट सम्भव भएको हो।

तर, दोस्रो हाफमा रामोसले थकानका बाबजुद खेल सम्हाल्दै मोन्टेरेको नकआउट चरणमा पुग्ने सम्भावनालाई जीवित राखे। उनी ‘म्यान अफ द म्याच’ घोषित भए।

खेलपछि रामोसले भने, ‘विशेष गरी दोस्रो हाफमा हामी निकै राम्रो थियौं। हामीले निकै कठिन प्रतिस्पर्धीसँग खेलेका हौं। त्यसैले यो साँचिकै सन्तोषजनक नतिजा हो।’

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
संकटाकी ममता क्रोएसिया पलायन
संकटाकी ममता क्रोएसिया पलायन
मोन्टेरेसँग रोकियो इन्टर
मोन्टेरेसँग रोकियो इन्टर
जापानी टोलीमाथि रिभर प्लेटको सानदार जित
जापानी टोलीमाथि रिभर प्लेटको सानदार जित
डर्टमुन्डको खराब प्रदर्शन
डर्टमुन्डको खराब प्रदर्शन
एन्फाको फराकिलो जितमा महासचिव किरणको ह्याट्रिक !
एन्फाको फराकिलो जितमा महासचिव किरणको ह्याट्रिक !
भिनिसियसको पुतला झुन्ड्याएका एट्लेटिकोका चार समर्थकलाई जेल सजाय
भिनिसियसको पुतला झुन्ड्याएका एट्लेटिकोका चार समर्थकलाई जेल सजाय
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
टेस्ट क्रिकेट खेल्ने लक्ष्यसहित अगाडि बढ्दै नेपाल
टेस्ट क्रिकेट खेल्ने लक्ष्यसहित अगाडि बढ्दै नेपाल
महिला टी–२० विश्वकपको उद्घाटन खेलमा इङ्ग्ल्यान्ड र श्रीलंका भिड्ने
महिला टी–२० विश्वकपको उद्घाटन खेलमा इङ्ग्ल्यान्ड र श्रीलंका भिड्ने
बिबिएलको ड्राफ्टमा सन्दीपसहित ६ नेपाली खेलाडी
बिबिएलको ड्राफ्टमा सन्दीपसहित ६ नेपाली खेलाडी
कप्तानी जिम्मेवारी लिन आफैंले अस्वीकार गरेको बुमराहको दाबी
कप्तानी जिम्मेवारी लिन आफैंले अस्वीकार गरेको बुमराहको दाबी
३९ वर्षमा पनि उतिकै प्रभावशाली रामोस
३९ वर्षमा पनि उतिकै प्रभावशाली रामोस
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP