युनाइटेड पराजित, सिटीले अंक गुमायो

काठमाडौं। इंग्लिस प्रिमियर लिगको मिड–विक खेलमा म्यान्चेस्टर सिटीले नटिंघम फरेस्टसँग २–२ को बराबरी खेलेको छ।
यस नतिजासँगै प्रशिक्षक पेप ग्वार्डिओलाको टोलीले शीर्ष स्थानमा रहेको आर सँगको अंक दूरी घटाउन सकेन।
यता म्यान्चेस्टर युनाइटेडले पनि न्युकासल युनाइटेडसँग २–१ ले हार बेहोरेको छ।
म्यानचेस्टर सिटी २–२ नटिङ्घम फरेस्ट
दुई पटक अग्रता लिए पनि सिटीले जित जोगाउन सकेन। ३१औँ मिनेटमा एन्टोनी सेमेनियोको आकर्षक भली गोलबाट घरेलु टोलीले सुरुआती अग्रता लियो।
दोस्रो हाफ सुरु भएपछि नटिङ्घम खेलमा फर्कियो। गिब्स–ह्वाइटले बराबरी गोल गरे। त्यसको केहीबेरमै, ६२औँ मिनेटमा रोड्रीले सिटीलाई पुनः २–१ को अग्रता दिलाए।
तर ७६औँ मिनेटमा इलियट एन्डरसनको उत्कृष्ट गोलमार्फत नटिङ्घम फेरि खेलमा फर्कियो। बाँकी समयमा थप गोल हुन नसकेपछि दुवै टोलीले अंक बाँडे।
२९ खेलबाट ६० अंक जोडेको सिटी दोस्रो स्थानमा छ। शीर्ष स्थानमा रहेको आर्सेनलको ६७ अंक छ। नटिङ्घम २९ खेलबाट २८ अंकसहित १७औँ स्थानमा छ।







-1772594181027.webp&w=3840&q=75)


-1772593857473.webp&w=3840&q=75)

