रोनाल्डो केही समय मैदान बाहिर रहने

काठमाडौं। पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो ह्यामस्ट्रिङ चोटका कारण केही समय मैदान बाहिर रहने भएका छन्।
उनको क्लब अल–नासरले मंगलबार विज्ञप्ति जारी गर्दै चोटबारे जानकारी दिएको हो। तर, उनी कहिले फर्किने भन्ने समयसीमा भने खुलाइएको छैन।
पाँच पटकका बालोन डी’ओर विजेता रोनाल्डो शनिबार अल–फायहाविरुद्ध ३–१ को जितका क्रममा घाइते भएका थिए। साउदी प्रो–लिग क्लबले भनेको छ,‘उनले रिह्याबिलिटेसन सुरु गरेका छन् र दैनिक रूपमा मूल्यांकन गरिनेछ।’
क्लबले चोट मांसपेशी तन्किएको हो वा च्यातिएको हो भन्ने स्पष्ट पारेको छैन। मंगलबार क्लबले सार्वजनिक गरेको तस्वीरमा ४१ वर्षीय रोनाल्डो टोलीको जिममा तौल अभ्यास गरिरहेको देखिएका छन्।
पाँच पटकका च्याम्पियन्स लिग विजेता रोनाल्डो यस समरमा अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गर्ने विश्वकपमा आफ्नो छैटौं सहभागिता जनाउने तयारीमा छन्।





-1772594181027.webp&w=3840&q=75)
-1772593857473.webp&w=3840&q=75)





