बैंग्लुरुले आईपीएलका ५ खेल घरेलु मैदानमा खेल्ने

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) को साबिक विजेता टोली रोयल च्यालेन्जर्स बैंग्लुरुले यस सिजन आफ्ना पाँच घरेलु खेल एम चिनास्वामी रंगशालामा खेल्न तयार भएको छ।
फ्रेन्चाइजले मंगलबार औपचारिक घोषणा गर्दै सबै सम्बन्धित निकायसँगको महिनौ लामो समन्वय र मिहिनेतपछि खेलहरू फेरि घरेलु मैदानमा फर्काउन सम्भव भएको जनाएको छ।
गत वर्ष बैंग्लुरुले आफ्नो पहिलो आईपीएल उपाधि जितेको थियो। लगत्तै चिनास्वामी रंगशालाबाहिर भएको उत्सव मनाउँदा भागदौड मच्चिँदा ११ जनाको ज्यान गएको थियो। त्यस घटनापछि उक्त रंगशालामा खेलहरू आयोजना गर्न प्रतिबन्ध लगाइएको थियो।
तर, हालै कर्नाटक सरकारले पुनः आईपीएल तथा अन्तर्राष्ट्रिय खेल सञ्चालन गर्न हरियो संकेत दिएको छ। आईपीएल २०२६ को तालिका अझै सार्वजनिक भएको छैन। तर, साबिक विजेता भएकाले बैंग्लुरुले आईपीएल २०२६ को उद्घाटन खेल बैंग्लुरुमै आयोजना गर्नेछ।
बैंग्लुरुका बाँकी दुई घरेलु खेल भने पूर्व प्रतिबद्धताअनुसार रायपुरस्थित शहीद वीर नारायण सिंह अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सञ्चालन गरिनेछ। बैंग्लुरुले विज्ञप्तिमार्फत कर्नाटक सरकार, कर्नाटक राज्य क्रिकेट संघ (केएससीए) र कर्नाटक प्रहरीप्रति आभार व्यक्त गरेको छ। खेलहरू सुरक्षित रूपमा सञ्चालन गर्न पूर्वाधार तथा सुरक्षा व्यवस्थामा व्यापक सुधार गरिएको टोलीले जनाएको छ।





-1776739058950.jpeg&w=3840&q=75)
-1776697920056.jpeg&w=3840&q=75)
-1776694761435.jpeg&w=3840&q=75)




