सोमबार, ०७ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

रेखाको ह्याट्रिकसँगै पुलिस क्वार्टरफाइनलमा

सोमबार, ०७ बैशाख २०८३खेलपाटी संवाददाता
रेखाको ह्याट्रिकसँगै पुलिस क्वार्टरफाइनलमा
Loading ad...
mustang rice ad

भद्रपुर। उपाधिको दाबेदार मानिएको नेपाल पुलिस फुटबल क्लबले चन्द्रगढी महिला गोल्डकपमा आयोजक चन्द्रगढी युवा क्लबमाथि ६—० को फराकिलो जित निकाल्दै क्वार्टरफाइनमा प्रवेश गरेको छ।

क्वार्टरफाइनलमा पुलिसले भारतको रानी लक्ष्मीबाई स्पोर्टस एकेडेमीसँग प्रतिस्पर्धा गर्नेछ। पुलिसको जितमा स्ट्राइकर रेखा पौडेलले ह्याट्रिक पूरा गरिन्। दुई गोल मिना देउवा र एक गोल अनुष्का शेर्पाको नाममा रह्यो।

खेलको पहिलो मिनेटमै रेखा पौडेलले गोल गरिन्। डिबक्समा रहेकी पौडेलले अर्की स्ट्राइकर मिना देउवाको हेडरलाई सदुपयोग गर्दै गोल गर्न सफल भइन्। पुलिसको लागि दोस्रो गोल मिना देउवाको नाममा रह्यो। रेखा पौडेलले गरेको पावरफुल प्रहार चन्द्रगढीकी गोलकिपर सवनम राईले नियन्त्रणमा लिन नसकेपछि देउवाले त्यसलाई सुन्दर गोलमा परिणत गरिन्।

खेलको २९ औँ मिनेटमा सम्झना लावतीको पासमा मिना देउवाले व्यक्तिगत दोस्रो गोल गर्न सफल भइन्। ३८ औँ मिनेटमा रेखा पौडेलले मैदानको मध्यभागबाट सिंगल खेल्दै गोल गरिन्।

पहिलो हाफको ४० मिनेट ४–० को स्कोर बनाएको पुलिसले बाँकी २ गोल दोस्रो हाफमा लगाएको थियो। दोस्रो हाफको ७२ औँ मिनेटमा सब्सिच्युट खेलाडी अनुष्का शेर्पाले पुलिसका लागि अर्को गोल थपिन्।

रेखाको पासमा अनुष्काले देब्रे बार च्यापेर गरेको प्रहार गोल भएको थियो। खेलको ७७ औँ मिनेटमा रेखाले ह्याट्रिक पूरा गरिन्। मिन देउवाको पासमा हेडमार्फत गोल गर्दै रेखाले जारी प्रतियोगिताको पहिलो ह्याट्रिक गर्ने खेलाडीको सूचीमा नाम दर्ता गराइन्।

चन्द्रगढीले विपक्षीमाथि फितलो प्रदर्शन गरेको थियो। पहिलो हाफको अतिरिक्त समयमा पुलिसका गोलकिपर उषा नाथको हातबाट फुत्किएको बललाई चन्द्रगढीकी खेलाडी रेखा बिष्टले पोष्टको दिशा दिन नसक्दा सान्त्वना गोल गर्ने अवसर खेर गएको थियो।

खेलको प्लेयर अफ द म्याच विजेता पुलिसकी ह्याट्रिककर्ता रेखा पौडेल भइन्। उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाइन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपाल र युएईबीचको खेल वर्षका कारण रोकियो

नेपाल र युएईबीचको खेल वर्षका कारण रोकियो

नेपालको सुस्त ब्याटिङ

नेपालको सुस्त ब्याटिङ

हेमन्तको सिनियर टोलीमा डेब्यु

हेमन्तको सिनियर टोलीमा डेब्यु

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मछिन्द्र सेमिफाइनलमा

मछिन्द्र सेमिफाइनलमा

रेखाको ह्याट्रिकसँगै पुलिस क्वार्टरफाइनलमा

रेखाको ह्याट्रिकसँगै पुलिस क्वार्टरफाइनलमा

नेपाल र युएईबीचको खेल वर्षका कारण रोकियो

नेपाल र युएईबीचको खेल वर्षका कारण रोकियो

नेपालको सुस्त ब्याटिङ

नेपालको सुस्त ब्याटिङ

हेमन्तको सिनियर टोलीमा डेब्यु

हेमन्तको सिनियर टोलीमा डेब्यु

नेपालले ब्याटिङ गर्दै

नेपालले ब्याटिङ गर्दै

‘फुटबलमा राजनीति हुँदा मन रुन्छ’

‘फुटबलमा राजनीति हुँदा मन रुन्छ’

प्रभावशाली लयमा फर्किएको बायर्न

प्रभावशाली लयमा फर्किएको बायर्न