नेपालको सुस्त ब्याटिङ
सोमबार, ०७ बैशाख २०८३खेलपाटी संवाददाता
-1776687524253.jpeg&w=3840&q=75)
काठमाडौं। नेपालले युएईविरुद्धको पहिलो टी–२० आई खेलमा सुस्त ब्याटिङ गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका थिए। तर, घरेलु दर्शकका अगाडि टोलीले निकै सुस्त ब्याटिङ देखायो।
ओपनर कुशल भुर्तेल १६, अर्जुन साउद १३, सन्दीप जोरा ६ र कुशल मल्ल १७ रनमा आउट भए।
नेपालले १० ओभरको समाप्तिमा ३ विकेट गुमाएर ६२ रन बनाएको थियो। मल्ल भने ११औं ओभरको दोस्रो बलमा आउट भएका थिए।








%20(1)-1776682838956.jpeg&w=3840&q=75)

-1776674878523.webp&w=3840&q=75)
