‘फुटबलमा राजनीति हुँदा मन रुन्छ’

काठमाडौं। नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी पहिलो रोजाइकी गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बाले खेलभन्दा बढी प्रशासनिक विवाद हाबी हुँदा खेलाडीहरूको भविष्य नै अन्योलमा परेको बताएकी छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय खेलकुद परिषद (राखेप) बीचको द्वन्द्वका कारण आगामी साफ महिला च्याम्पियनसिपमा नेपालको सहभागिता नै संकटमा पर्न सक्ने अवस्था देखिएको छ। यसले खेलाडीहरूमा निराशा बढाएको छ।
‘हामी देशको गर्वका लागि खेल्छौं। तर, प्रशिक्षण क्याम्प, प्राविधिक तयारी र स्पष्ट कार्ययोजनाबिना हामी मैदानमा कसरी उत्रिने?,’ उनले भनेकी छन्। नेपाल साफ महिला च्याम्पियनसिपको साबिकको उपविजेता टोली हो। २०२४ मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पछिल्लो संस्करणको फाइनलमा बंगलादेशसँग २–१ ले पराजित भएको थियो।
यो संस्करणबाहेक नेपाल २०१०, २०१२, २०१४, २०१९ र २०२२ को पनि उपविजेता हो। साफको नवौं संस्करण २५ मेदेखि ७ जुनसँग भारतको गोवामा हुने तय छ। तर, अहिलेसम्म प्रशिक्षण क्याम्प बोलाइएको छैन।
‘खेलकुदलाई एकताको माध्यम बनाउनुपर्ने बताउँदै प्रशासनिक खिचातानी तुरुन्त अन्त्य गर्नुपर्नेमा जोड दिइन्। समयमै समाधान नभए नेपाली महिला फुटबलले अन्तर्राष्ट्रिय मञ्चमा ठूलो अवसर गुमाउन सक्छ,’ उनले सचेत गराएकी छन्।





-1776674878523.webp&w=3840&q=75)




%20(1)-1776682838956.jpeg&w=3840&q=75)