हेमन्तको सिनियर टोलीमा डेब्यु
सोमबार, ०७ बैशाख २०८३खेलपाटी संवाददाता

काठमाडौं। पेसर हेमन्त धामीले नेपाली राष्ट्रिय टोलीबाट डेब्यु गर्ने भएका छन्।
उनले युएईविरुद्धको पहिलो टी–२० आई खेलको सुरुआती ११ मा स्थान बनाएका हुन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेका हुन्। उनले पहिला ब्याटिङ गर्ने निर्णय गरेका छन्।
नेपाल र युएई १२औंपल्ट भिड्न लागेका हुन्। यसअघिका भेटमा नेपालले ६ र युएईले ५ जित निकालेका छन्। हेमन्तले यसअघि नेपाल ‘ए’ टिमबाट खेलिसकेका छन्।
प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगितामा उनले सर्वाधिक २७ विकेट लिएका थिए।





-1776687524253.jpeg&w=3840&q=75)
%20(1)-1776682838956.jpeg&w=3840&q=75)



-1776674878523.webp&w=3840&q=75)

