चन्द्रगढी महिला गोल्डकपमा पुलिस र आयोजक भिड्दै
सोमबार, ०७ बैशाख २०८३खेलपाटी संवाददाता

भद्रपुर। चन्द्रगढी महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता आज (सोमबार) विभागीय टोली नेपाल पुलिस क्बल र आयोजक चन्द्रगढी युथ क्लब प्रतिस्पर्धा गर्दैछन्।
बैशाख ५ गतेदेखि सुरु भएको प्रतियोगिताअन्तर्गत भद्रपुरस्थित मेची रंगशालामा दिउँसो हुने तेस्रो दिनको खेलमा बलियो टिम पुलिससँग आयोजकले सामना गर्दैछ। पुलिसले स्टार खेलाडी रेखा पौडेल, मिना देउवा, पूजा राना तथा अनुभवी गोलकिपर उषा नाथ, कप्तान अमृता जैसीलाई मैदान उतार्नेछ।

आयोजक चन्द्रगढी युथ क्लबले महिला लिगमा सहभागी झापा फुटबल क्लब, बागमती युथ क्लबका खेलाडी र यु २० राष्ट्रिय टिमका खेलाडीको साथमा पुलिसलाई चुनौती दिँदैछ। केही स्थानीय खेलाडीले पनि चन्द्रगढीबाट मैदानमा पुलिसविरुद्ध दबाब सिर्जना गर्नेछन्।










