आइतबार, ०६ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

झापाले फेरि उठायो विराट गोल्डकपको उपाधि

आइतबार, ०६ बैशाख २०८३खेलपाटी संवाददाता
झापाले फेरि उठायो विराट गोल्डकपको उपाधि
Loading ad...
mustang rice ad

विराटनगर। झापा ११ ले ३८औं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।

सहिद रंगशालामा आइतबार राति भएको फाइनलमा घरेलु टोली सम्राट स्पोर्टिङ क्लबलाई २–१ ले पराजित गर्दै झापाले दोस्रो पटक उपाधि चुमेको हो।

उपाधिसँगै झापाले ११ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता सम्राट स्पोर्टिङले ५ लाख रुपैयाँमा चित्त बुझायो। यसअघि २०७१ सालको संस्करणमा नेपाल आर्मीलाई हराउँदै झापाले पहिलोपटक यो प्रतियोगिता जितेको थियो।

झापाको जितमा राजेश दाहाल र दिवस उराउले गोल गरे। सम्राटकातर्फबाट सौरभ तामाङले एक सान्त्वना गोल फर्काए। प्रतिस्पर्धात्मक फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।

८१औं मिनेटमा झापाका राजेश दाहालले गोल गर्दै टोलीलाई अग्रता दिलाए। गोलरक्षक विशाल सुनारले प्रहार गरेको लामो पासलाई राजेशले गोलमा परिणत गरेका थिए। झापाले अग्रता लिएको ६ मिनेट बित्न नपाउँदै दिवस उराउले गोल गर्दै टोलीको जित सुनिश्चित गरे।

उनले फागुराम थारूको पासमा गोल गरेका थिए। खेलको थप गरिएको (इन्जुरी) समयमा सम्राटका सौरभ तामाङले गोल गर्दै २–१ गोलले अन्तर घटाए पनि हार टार्न सकेनन्। पहिलो हाफमा दुवै टोलीले गोल गर्ने सुन्दर अवसरहरू गुमाएका थिए।

१६औं मिनेटमा सम्राटका सुरज तामाङले डिबक्स भित्रबाट गरेको प्रहार झापाका गोलरक्षक विशाल सुनारले उत्कृष्ट बचाउ गरे। त्यसलगत्तै झापाका सुलमान किङको प्रहार पोस्ट बाहिरिएको थियो। दोस्रो हाफमा भने झापा थप आक्रामक देखियो। ४७औं मिनेटमा राजेश दाहाल र ५५औं मिनेटमा मौसम सुब्बाको कडा प्रहार बाहिरिएको थियो।

फाइनल खेलको ‘प्लेयर अफ दी म्याच’ झापाका राजेश दाहाल घोषित भए। उनले नगद ११ हजार रुपैयाँ प्राप्त गरे। प्रतियोगिताको विधागत पुरस्कारमा पनि झापाकै वर्चस्व रह्यो। झापाका फागुराम थारू ‘हाइ स्कोरर’ (सर्वाधिक गोलकर्ता) बने। उनले प्रतियोगिताभरीमा ३ गोल गरेका थिए।

सम्राट स्पोर्टिङका अशोक खवास प्रतियोगिताको ‘सर्वोत्कृष्ट खेलाडी’ घोषित भए। उनले नगद ५१ हजार रुपैयाँ पाए। यस्तै, झापाका विशाल सुनार उत्कृष्ट गोलरक्षक र सन्तोष बस्नेत उत्कृष्ट प्रशिक्षक घोषित भए। उनीहरूले जनही १५ हजार रुपैयाँ पुरस्कार पाए।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 घनपोखरा ब्ल्यु र आदर्श च्याम्पियन

घनपोखरा ब्ल्यु र आदर्श च्याम्पियन

थिम्पुलाई हराउँदै चर्च बोइज सेमिफाइनलमा

थिम्पुलाई हराउँदै चर्च बोइज सेमिफाइनलमा

च्यालेन्स ट्रफीमा नेपालको पहिलो जित

च्यालेन्स ट्रफीमा नेपालको पहिलो जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 घनपोखरा ब्ल्यु र आदर्श च्याम्पियन

घनपोखरा ब्ल्यु र आदर्श च्याम्पियन

झापाले फेरि उठायो विराट गोल्डकपको उपाधि

झापाले फेरि उठायो विराट गोल्डकपको उपाधि

थिम्पुलाई हराउँदै चर्च बोइज सेमिफाइनलमा

थिम्पुलाई हराउँदै चर्च बोइज सेमिफाइनलमा

च्यालेन्स ट्रफीमा नेपालको पहिलो जित

च्यालेन्स ट्रफीमा नेपालको पहिलो जित

पाँचथरलाई हराउँदै झापा अन्तिम ४ मा प्रवेश

पाँचथरलाई हराउँदै झापा अन्तिम ४ मा प्रवेश

आर्सनल र सिटी उपाधि होडको निर्णायक मोडमा

आर्सनल र सिटी उपाधि होडको निर्णायक मोडमा

पदक विजेता टेबलटेनिस खेलाडीलाई एभीएमको सम्मान

पदक विजेता टेबलटेनिस खेलाडीलाई एभीएमको सम्मान

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बेनलाई फ्रेन्ड्सको सम्मान

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बेनलाई फ्रेन्ड्सको सम्मान