युएईलाई नेपालको ७८ रनको लक्ष्य
सोमबार, ०७ बैशाख २०८३खेलपाटी संवाददाता
-1776694761435.jpeg&w=3840&q=75)
काठमाडौं। नेपालले युएईलाई पहिलो टी–२० आई खेलमा ७८ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका थिए। तर, १८.५ ओभर चलिरहँदा वर्षा सुरु भएको हो। लामो समय वर्षा भएको थियो। त्यसैले खेल डीएलएस मेथर्डअनुसार १० ओभरमा झारिएको हो। योसँगै युएईले ७८ रनको लक्ष्य पाएको छ।
नेपालले ८ विकेटको क्षतिमा १२२ रन बनाएको थियो। क्रिजमा कप्तान दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने थिए।
ओपनर कुशल भुर्तेल १६, अर्जुन साउद १३, सन्दीप जोरा ६ र कुशल मल्ल १७ रनमा आउट भए।





-1776697920056.jpeg&w=3840&q=75)

-1776687524253.jpeg&w=3840&q=75)



%20(1)-1776682838956.jpeg&w=3840&q=75)