बुधबार, २० फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

लिभरपुलमाथि वुल्भको सनसनीपूर्ण जित

बुधबार, २० फाल्गुण २०८२खेलपाटी संवाददाता
लिभरपुलमाथि वुल्भको सनसनीपूर्ण जित
Loading ad...
mustang rice ad

काठमाडौं। पुछारमा रहेको वुल्भरह्याम्प्टन वान्डरर्सले मंगलबार मोलिन्यू स्टेडियममा प्रिमियर लिग च्याम्पियन लिभरपुललाई २–१ ले हराउँदै सनसनीपूर्ण जित दर्ता गरेको छ।

ब्राजिली मिडफिल्डर आन्द्रेले इन्ज्युरी समयको चौथो मिनेटमा डिफ्लेक्ट भएको निर्णायक गोल गर्दै लिभरपुलको अर्को सिजन च्याम्पियन्स लिगमा स्थान सुरक्षित गर्ने आशामा ठूलो धक्का दिएका हुन्। उनको गोलसँगै रंगशालामा उपस्थित वुल्भ्स समर्थकहरू उल्लासित बने।

वुल्भ्सका प्रशिक्षक रोब एड्वर्ड्स आन्द्रेको गोलपछि साइडलाइनतर्फ दौडिँदै खुसीयाली मनाएका थिए। रेलिगेसनतर्फ उन्मुख देखिएको सिजनमा यो दुर्लभ खुसीको क्षण बनेको उनले बताए।

‘यो लिभरपुल फुटबल क्लब हो। हामी अहिले जुनसुकै स्थानमा भए पनि उनीहरूलाई हराउँदा त्यो क्षणको आनन्द लिनैपर्छ,’ एड्वर्ड्सले भने।

खेलको अन्त्य निकै नाटकीय रह्यो। ७८औँ मिनेटमा रोड्रिगो गोमेसले वुल्भ्सलाई अग्रता दिलाएपछि ८३औँ मिनेटमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुलका लागि बराबरी गरेका थिए। यससँगै सलाहले लिगमा १० खेलको गोलखडेरी तोडे।

दुवै टोली जितका लागि आक्रामक बनेका बेला आन्द्रेको टाढाबाट प्रहार गरिएको बल जो गोमेजमा ठोक्किएर दिशा परिवर्तन भयो र लिभरपुलका गोलकिपर एलिसन गलत दिशातर्फ परे।

‘अविश्वसनीय अनुभव भयो। यो अद्भुत खेल र अद्भुत रात थियो,’ गोमेसले भने। यो सिजन लिभरपुलको लिगमा नवौं हार हो। बुधबार चेल्सीले एस्टन भिल्लालाई हराए लिभरपुल छैटौं स्थानमा झर्न सक्छ।

शीर्ष चार टोलीले च्याम्पियन्स लिगका लागि प्रत्यक्ष स्थान पाउँछन्। यद्यपि यस सिजन युरोपेली प्रतियोगितामा अंग्रेजी क्लबहरूको प्रदर्शनका कारण प्रिमियर लिगले पाँचौं बोनस स्थान पनि पाउने सम्भावना बलियो छ।

गत सिजन उपाधि जितेको लिभरपुल अहिले शीर्ष स्थानको आर्सेनलभन्दा १६ अंकले पछाडि छ।

लिभरपुलका प्रशिक्षक आर्ने स्लोटले भने, ‘हामी धेरै खेल हारिरहेका छौं र अंक गुमाइरहेका छौं। पछिल्ला २२ खेलमध्ये हामीले हारेका तीनै खेल अतिरिक्त समयमा भएका छन्।’

वुल्भ्सका लागि भने यो सिजन लिगमा पहिलो पटक लगातार दुई जित हो। उसले शुक्रबार एस्टन भिल्लालाई २–० ले हराएको थियो।

सुरक्षात्मक स्थानभन्दा ११ अंकले पछाडि रहेकाले रेलिगेसनबाट बच्ने सम्भावना कम देखिए पनि वुल्भ्सले सिजन अन्त्यतिर राम्रो लय समातेको छ। हालै उसले आर्सेनलसँग २–२ को बराबरी खेलेको थियो।

‘हामी अहिले संघर्ष, जुझारूपन र गुणस्तर देखाइरहेका छौं। हामी सबैसँग प्रतिस्पर्धा गरिरहेका छौं,’ एड्वर्ड्सले भने।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

१३ वर्षपछि पहिलो पटक फाइनलमा एट्लेटिको

१३ वर्षपछि पहिलो पटक फाइनलमा एट्लेटिको

डेब्यु खेलमै बंगलादेश पराजित

डेब्यु खेलमै बंगलादेश पराजित

धर्बेन्द्रको कप्तानीमा नेपालले साफ यु–२० च्याम्पियनसिप खेल्ने

धर्बेन्द्रको कप्तानीमा नेपालले साफ यु–२० च्याम्पियनसिप खेल्ने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
लिभरपुलमाथि वुल्भको सनसनीपूर्ण जित

लिभरपुलमाथि वुल्भको सनसनीपूर्ण जित

१३ वर्षपछि पहिलो पटक फाइनलमा एट्लेटिको

१३ वर्षपछि पहिलो पटक फाइनलमा एट्लेटिको

बैंग्लुरुले आईपीएलका ५ खेल घरेलु मैदानमा खेल्ने

बैंग्लुरुले आईपीएलका ५ खेल घरेलु मैदानमा खेल्ने

डेब्यु खेलमै बंगलादेश पराजित

डेब्यु खेलमै बंगलादेश पराजित

धर्बेन्द्रको कप्तानीमा नेपालले साफ यु–२० च्याम्पियनसिप खेल्ने

धर्बेन्द्रको कप्तानीमा नेपालले साफ यु–२० च्याम्पियनसिप खेल्ने

मध्यपूर्वमा तनाव बढ्दा नेपालमा तय भएको लिग २ का खेल अन्यौलमा !

मध्यपूर्वमा तनाव बढ्दा नेपालमा तय भएको लिग २ का खेल अन्यौलमा !

नेयमारबिना विश्वकपमा मज्जा हुन् !

नेयमारबिना विश्वकपमा मज्जा हुन् !

मेसी दिलाए मियामीलाई जित

मेसी दिलाए मियामीलाई जित