नेयमारबिना विश्वकपमा मज्जा हुन् !

काठमाडौं। के नेयमार विश्वकपमा फर्किएलान? धेरै फुटबल समर्थकको उत्तर हुन्छ, अवश्य। तर, ब्राजिलका प्रशिक्षक कार्लो एर्न्सोलोटीले उनलाई टोलीमा समावेश गर्ने कि नगर्ने भन्ने अन्तिम निर्णय गरेका छैनन्।
तर, उनका सहकर्मी रोड्रिगो गोएस भने नेयमारलाई विश्वकप टोलीमा अनिवार्य समावेश गर्नुपर्ने धारणा राख्छन्। रोड्रिगोका अनुसार ब्राजिलले छैटौं विश्वकप उपाधि जित्ने सपना नेयमारबिनाको टोलीले पूरा गर्न सक्दैन।
केज टिभीको कार्यक्रममा बोल्दै रोड्रिगोले भने,‘विश्वकपमा नेयमार? मेरो विचारमा यसबारे कुनै बहस नै हुनुहुँदैन। हामीलाई थाहा छ, उनी पूर्ण फिट हुन तयारी गरिरहेका छन्। तर, उनलाई टोलीबाहिर राख्नुपर्ने कारण छैन। उनी बिना त्यो मजा नै हुँदैन। हामीलाई उनी चाहिन्छ।’
गत सिजन आफ्नो बाल्यकालको क्लब सान्तोस फर्किएका नेयमारले टोलीलाई रेलिगेसनबाट जोगाउन नेतृत्व गरेका थिए। त्यसपछि सन् २०२५ डिसेम्बर २२ मा घुँडाको मिडियल मेनिस्कस चोटको उपचारका लागि शल्यक्रिया गराएका थिए। नयाँ सिजनमा उनले पछिल्लो खेलमा दुई गोल गर्दै उत्कृष्ट प्रदर्शन गरेका छन्।
नेयमारको शारीरिक अवस्था र विश्वकपको उच्च प्रतिस्पर्धा—यी दुई पक्षलाई आन्चेलोत्तीले गम्भीर रूपमा मूल्याङ्कन गर्नुपर्नेछ। हालै उनले उत्कृष्ट लयको संकेत देखाए पनि अन्तिम निर्णय उनको फिटनेस र प्रशिक्षकको रणनीतिमा निर्भर रहनेछ।
ईएसपीएन ब्राजिलको रिपोर्टअनुसार एर्न्सोलोटीले २६ सदस्यीय टोलीमध्ये १८ खेलाडीको नाम टुंग्याइसकेका छन्। तर, त्यस सूचीमा नेयमारको नाम छैन। यद्यपि, रोड्रिगो भने अन्तिम क्षणमा निर्णय परिवर्तन हुन सक्ने विश्वास व्यक्त गर्छन्।
यसअघि सन् २०२४ मै रोड्रिगोले सार्वजनिक रूपमा ब्राजिललाई उपाधि जित्न फिट नेयमार आवश्यक पर्ने बताएका थिए। विश्वकपमा ब्राजिल समूह ‘सी’ मा छ।
यो समूहमा मोरोक्को, हाइटी र स्कटल्यान्ड छन्। ब्राजिलले जुन १३ मा न्यूयोर्कस्थित मेटलाइफ स्टेडियममा मोरोक्कोविरुद्ध खेल्दै आफ्नो विश्वकप यात्रा सुरु गर्नेछ।











-1772383580216.webp&w=3840&q=75)

%20(1)-1772362880824.jpeg&w=3840&q=75)
