बास्केटबल र फुटसल हुने
-1776413815066.jpeg&w=3840&q=75)
काठमाडौं। अन्तरकलेज बास्केटबल तथा फुटबल प्रतियोगिता हुने भएको छ।
बास्केटबल श्रृजनशील स्पोर्ट्स क्लब तथा फुटसल भिजन स्पोर्ट्स एकेडेमीको आयोजनामा हुने लागेको हो।
थ्री बाइ थ्री स्वरुपमा हुने बास्केटबलको ब्वाइजमा ६० र गल्र्समा ४० गरी १ सय टिम सहभागी हुने श्रृजनशीलका अध्यक्ष सुदेवजंग पण्डितले जनाएका छन्। प्रतियोगिता बैशाख ५ गतेदेखि सुरु हुनेछ। खेल टोखा नगरपालिका वडा १०, सामाखुशीस्थित ज्ञान संस्कार इन्टरनेसनल स्कुलको कोर्टमा खेलाइने छ।
फुटसलमा २४ ब्वाइज टिमको सहभागिता रहने भिजनका अध्यक्ष वृजेश बोहराले जानकारी गराए। प्रतियोगिता टोखा नगरपालिका वडा ६ स्थित ग्रान्डी स्पोर्ट्स एकेडेमीमा खेलाइने छ। फुटसल बैशाख ७ गतेदेखि सुरु हुनेछ।
प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको सहयोगमा हुने दुवै प्रतियोगिता नकआउट आधारमा खेलाइने छ। दुवै प्रतियोगिताका विजेतालाई प्रमाण पत्र, पदक र नगद पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ।









-1776414121120.jpeg&w=3840&q=75)



-1776398812762.webp&w=3840&q=75)