पाँचौँ मनुश्री–भिग्नजित जुनियर टेनिस शनिबारदेखि
शुक्रबार, ०४ बैशाख २०८३

पोखरा। पाँचौँ मनुश्री–भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता शनिबारदेखि पोखरामा सुरु हुने भएको छ। प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी आयोजक कास्की जिल्ला टेनिस संघले पत्रकार सम्मेलनमार्फत दिएको हो।
प्रतियोगितामा यू–८, यू–९, यू–१०, यू–१२, यू–१४, यू–१६ र यू–१८ उमेर समूहका ब्वाइज तथा गर्ल्सतर्फ सिंगल्स र डबल्स गरी कुल १६ इभेन्टमा प्रतिस्पर्धा हुनेछ। प्रतियोगिता संयोजक लोकबहादुर गुरुङका अनुसार प्रतियोगितामा कास्कीका १५ जना खेलाडी सहित करिब ९० खेलाडीको सहभागिता रहनेछ।
प्रतियोगिताको तयारी पुरा भएसँगै स्थानिय खेलाडीहरुले यो प्रतियोगितालाई अवसरको रुपमा लिएको बताउँदै यहाँबाट उत्पादित खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको उनले जनाए।





-1776413815066.jpeg&w=3840&q=75)



-1776414121120.jpeg&w=3840&q=75)



-1776398812762.webp&w=3840&q=75)