टी–२० आई टोलीमा फर्किए कुशल
शुक्रबार, ०४ बैशाख २०८३खेलपाटी संवाददाता

काठमाडौं। अलराउन्डर कुशल मल्ल टी–२० आई टोलीमा फर्किएका छन्।
ओमानमा भएको टी–२० विश्वकप छनोटमा खराब प्रदर्शन गरेपछि उनी टोलीबाहिर थिए।
त्यसैले उनले भारत र श्रीलंकामा भएको विश्वकप पनि गुमाएका थिए। छनोटमा नेपाल च्याम्पियन हुँदा कुशलले ५ खेलमा जम्मा ३३ रन बनाएका थिए।
बलिङतर्फ एक ओभर गरेका उनले ६ रन दिएका थिए। तर, मुख्य प्रशिक्षक स्टुअर्ट लले उनलाई युएई) विरुद्ध हुने टी–२० आई सिरिजका लागि टोलीमा फर्काएका हुन्।
२२ वर्षीय कुशलले ५९ टी–२० आई खेलमा एक शतक र चार अर्धशतकसहित एक हजार तीन रन बनाएका छन्।
उनले १९औं एसियाडमा मंगोलियाविरुद्ध अविजित १३७ रनको इनिङ्स खेलेका थिए। यो नै उनको करिअरको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन हो।
बलिङतर्फ उनले १९ विकेट लिएका छन्।






-1776324756993.png&w=3840&q=75)


-1776414121120.jpeg&w=3840&q=75)

-1776413815066.jpeg&w=3840&q=75)

-1776398812762.webp&w=3840&q=75)