रहाणेलाई जरिबाना
बुधबार, ०२ बैशाख २०८३खेलपाटी संवाददाता

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा कोलकाता नाइट राइडर्सको अवस्था झन् कमजोर बन्दै गएको छ।
टोलीले पाँच खेल खेले पनि अहिलेसम्म जित निकाल्न सकेको छैन।
यसैबीच कप्तान अजिंक्य रहाणेको समस्या थप बढेको छ। खराब प्रदर्शनसँगै अब उनलाई बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई)ले जरिबाना पनि लगाएको छ।
बीसीसीआई र आईपीएल गभर्निङ काउन्सिलले रहाणेलाई आचारसंहिता उल्लंघन गरेको भन्दै कारबाही गरेको हो।
चेन्नई सुपर किंग्सविरुद्धको खेलमा निर्धारित समयभित्र ओभर पूरा गर्न नसकेपछि उनलाई जरिबाना लगाइएको हो। यो सिजनमा कोलकाताको पहिलो गल्ती भएकाले रहाणेलाई १२ लाख भारु जरिबाना गरिएको छ।











-1776255486335.jpeg&w=3840&q=75)
-1776247934011.jpg&w=3840&q=75)